३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

निजगढमा सामूदायिक आँखा अस्पताल सेवा संचालनमा

निजगढमा सामूदायिक आँखा अस्पताल सेवा संचालनमा
अ+ अ-

निजगढ । तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियासँगको साझेदारीमा निजगढ न.पा–९ मा निर्माण सम्पन्न भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको सेवा सुचारु भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अस्पतालको शुक्रबार उदघाटन गर्नुभयो । यो अस्पताल बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल हो । करिव ३० करोडको लागतमा बनेको यो अस्पतालमा हरेक वर्ष ५५ हजार बिरामीलाई उपचार प्रदान गर्न सक्ने क्षमता रहेको छ जसले स्थानिय समुदायलाई गुणस्तरीय, सर्वसुलभ र पहुँच योग्य आँखा उपचार सेवा उपलब्ध गराउनेछ ।

तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा.सन्दुक रुइतले भन्नुभयो “यो भेगमा गुणस्तरीय, सर्वशुलभ र पहुँच योग्य अस्पताल ल्याउने हाम्रो सपना आज साकार भएको छ । दिगो र उच्च गुणस्तरको आधारभूत आँखा उपचार सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा यो अर्को महत्वपूर्ण कदम हो । यो अस्पताल आशा र समपर्णको प्रतिक हो जसले आँखा उपचारको आवश्यकता भएका सबै बिरामीलाई सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतालाई अगाडि बढाउँछ ।”

द फ्रेड हलोज फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले भन्नुभयो “यो अस्पताल, द फ्रेड हलोज फाउन्डेशनको लागि नयाँ अध्यायको शुरुआत हो, जसले तिलगंगा आँखा प्रतिष्ठान, स्थानीय साझेदार र समुदायहरूसँग एक मजबुत र दिगो सम्बन्ध स्थापित गरेको छ । हाम्रो कामको केन्द्रमा सधैं एकीकृत, जनमुखी आँखा उपचार हुन्छ र हामी निजगढ र वरपरका सबैभन्दा आवश्यकता भएका बिरामीहरूको दृष्टि जोगाउने र पुनसर््थापना गर्ने उद्धेश्यमा लागीपरेका छौं ।’

हाल नेपालमा करिव ९३,३०० जना दृष्टिविहिन छन् र करिव ७,८२,७०० जनाले कुनै न कुनै प्रकारको दृष्टि समस्या सहित जीवन व्यतित गरिरहेका छन् । अन्धोपनको भार मधेश प्रदेशमा देशकै दोस्रो उच्चतम स्थानमा रहेको छ तथापि, ८० प्रतिशत दृष्टि समस्याको उपचार सम्भव छ र अत्यन्तै कम लागतमा प्रभावकारी उपचार विधिहरूबाट यसको उपचार गर्न सकिन्छ ।

प्रतिष्ठान अन्तर्गतको निजगढ तिलगंगा सामुुदायिक आँखा अस्पतालले मोतिविन्दु, दृष्टिदोष, डाइबेटीक रेटिनोप्याथी, र अन्य आँखा रोगहरूको उपचारमा ध्यान दिनेछ, जसका लागि अत्याधुनिक उपचार विधी र समग्र सेवा प्रदान गरिनेछ । नेपालमा अन्धोपन र न्यून दृष्टिको प्रमुख कारण मोतिविन्दु हो । अन्धोपन भएका मध्ये अनुमानित ६६।८ प्रतिशत व्यक्ति मोतीविन्दुको कारणबाट भएको देखिन्छ ।

२३,००० फिट क्षेत्रमा फैलिएको यो अस्पतालमा ४ तला रहेका छन्, जसमा आँखा उपचारका लागि २ शल्यक्रिया कोठामा ४ वटा वेड, ओपेडी (आउटडोर पेशेन्ट विभाग) र आइपीेडी (डे केयर), एक पोष्ट अपरेटिभ वार्ड, र इन–हाउस फार्मेसी र अप्टिकल स्टोर रहेको छ । विभिन्न विधाका विशेषज्ञद्धारा विशिष्टीकृत आँखा उपचार सेवा समेत प्रदान गर्नेछन्, जसले मधेश प्रदेशमा उच्च गुणस्तरको उपचार सेवामा पहुँच वृद्धि गर्नेछ ।
आगामी पाँच वर्षमा, यो अस्पतालले मधेश प्रदेशबाट अनुमानित २ लाख ७४ हजार आँखा बिरामीको उपचार गर्ने लक्ष्य लिएको छ । यो अस्पतालले प्रत्यक्ष वा परोक्ष रुपमा यस क्षेत्रका ३० लाख भन्दा बढि व्यक्तिहरूमा गुणस्तरिय आँखा सेवाको पहुँच विस्तार गर्ने आकंलन गरिएको छ ।

विशार्टले थप्नुभयो “फाउन्डेशनले तिलगंगा आँखा प्रतिष्ठानसँगको साझेदारीमा नेपालमा आँखा स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा गर्व महसुस गर्दछ । यो सहकार्यले समग्र स्वास्थ्य प्रणालीमा आँखा स्वास्थ्यलाई एकिकृत गर्दै दिगो रुपमा उपचार सम्बन्धि प्रणाली निर्माण गर्ने हाम्रो प्रतिवद्धतालाई उजागर गरेको छ । प्रतिष्ठानसँगको साझेदारीमा हामी प्रमुख आँखा स्वास्थ्य चुनौतीहरू, जस्तै लैगिंक असमानता समाधान गर्नका लागि समेत रुपान्तरणकारी र दिगो उपायहरू सुनिश्चित गर्दैछौं ।’

नेपालमा महिलाहरू पुरुषहरूको तुलनामा दुइ तिहाई बढी दृष्टिविहिन वा दृष्टिको समस्यामा छन् । यस अस्पतालले बाह्य कार्यक्रम मार्फत विशेष प्राथमिकताका साथ आँखा स्वास्थ्यको पहुँच सम्बन्धि विद्यमान लैगिंक असमानता समाधान गर्ने दिशामा महत्वपूर्ण कदम चाल्नेछ ।

स्वास्थ्य क्षेत्रले विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनमा अनुमानित ४–५ प्रतिशत अंश रहेको देखिन्छ, त्यसैले यो अस्पतालले नवीकरणीय ऊर्जा प्रयोग गरि सौर्य उर्जाको उपयोग र प्रभावकारी वातावरण अनुकुल प्रणालीहरू प्रयोगमा ल्याउने छ । “जलवायु परिवर्तनले हाम्रो वातावरण र सबैभन्दा सिमान्तकृत र कमजोर मानिसहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव पारिरहेको छ । जलवायु परिवर्तनका कारण ट्रकोमा संक्रमण, मोतिविन्दुका समस्या र अन्य आँखा रोगहरू बढिरहेका छन् । हामी अत्यन्त गर्वित छौँ कि यस अस्पतालले स्वच्छ ऊर्जा सिद्धान्तलाई अपनाएको छ,” विशार्टले भन्नुभयो ।

प्रा.डा. रुइतले तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट द फ्रेड होलोज फाउन्डेशन, एसिएमई फाउन्डेशन, डि. हच्न्सन र दाताहरूको साथ र समर्थनले यो अस्पताल स्थापना गर्ने सपनाालाई वास्तविकतामा परिणत गर्न पाएकोमा हार्दिक आभार व्यक्त गर्नुभएको छ । रुइतले आफ्नो मन्तव्यमा तिलगंगा आँखा प्रतिष्ठान समुदायको सेवा गर्नको लागि यो नयाँ अस्पतालको शुरू गर्न पाउँदा सम्मानित अनुुभव गरेको र दाताहरूसँग मिलेर आँखा स्वास्थ्य सेवामा दीर्घकालीन परिवर्तन ल्याउने बारे उल्लेख गर्नुभयो ।

“द फ्रेड होलोज फाउन्डेशनसँग हामी तीन दशकदेखी उपचार योग्य अन्धोपनमा सहकार्य गरिरहेकोे छ । हामी गर्वका साथ यो सामुदायिक आँखा अस्पताल उद्घाटन गर्दैछौं ताकि नेपालका जनतालाई गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्न सकियोस् । हाम्रो उद्देश्य यहाँ स्पष्ट छस् जसले आँखा उपचारमा पहुँच नपाइरहेका छन् त्यस्ता व्यक्तिहरूलाई गुणस्तरिय आँखा उपचार उपलब्ध गराउन र यो सुनिश्चित गर्न कि आर्थिक अभावका कारण कसैले पनि दृष्टिकोे उपहार प्राप्त गर्नबाट वन्चित हुन नपरोस् ।” रुइतले थप्नुभयो ।

उद्घाटन समारोहमा स्थानीय र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले अस्पतालको निरीक्षण समेत गर्नुभयो । मधेश प्रदेशका मुख्यमन्त्री सिंह,प्रा.डा.रुइत, फाउण्डेसनका इयान विशार्ट, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, जिल्ला तथा स्थानीय निकायका जनप्रतिनिधिहरु,सरकारी कार्यालयका प्रतिनिधिहरु, स्वास्थ्य कार्यकर्ताहरु र विभिन्न संघसंस्थाका प्रमुखहरु, नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुहिृद घिमिरे, कार्यक्रमका बोर्ड सदस्यहरू हरिवंश आर्चाय, सिद्धीलाल श्रेष्ठ, रवि के.सी,संजय थापा, डा.गोविन्द राज पोख्रेल, प्रतिष्ठानका मुख्य कार्यकारी अधिकृत डा. रीता गुरुङ्ग, प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारी र अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिती रहेको थियो ।