१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 20.65

Wind: 1.54

Humidity: 46

Latest
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ रंगशालामा रोबर्टो कार्लोस फोटो फिचर सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता २५ लाख लागतमा मलामी विश्राम घर निर्माण “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइडेन र ट्रम्पबीच ह्वाइट हाउसमा बुधबार भेटवार्ता हुने



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चार वर्षअघिको चुनावमा आफूले पराजित गरेको रिपब्लिकन पार्टी र यसका नेता डोनाल्ड ट्रम्पलाई व्यवस्थित रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएपछि दुई नेताबीच बुधबार ह्वाइट हाउसमा भेटवार्ता हुनेभएको छ ।

सन् २०२० को चुनावमा हार अस्वीकार गर्नुभएका ट्रम्पले नोभेम्बर ५ मा भएको मतदानबाट अमेरिकी राष्ट्रपति पदमा उल्लेखनीय बहुमतसहित पुनरागमन गर्नुभएपछि राष्ट्रपति बाइडेनले व्यवस्थित रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

निवर्तमान र भावी राष्ट्रपतिहरूबीच यस प्रकारको भेटघाटलाई परम्परागत मानिन्छ तर जनवरी ६, २०२१ को क्यापिटल दङ्गामा परिणत भएको अप्रमाणित चुनावी धाँधलीको दाबी गर्दै ट्रम्पले तत्कालिन समयमा राष्ट्रपति निर्वाचित बाइडेनलाई व्यवस्थित सत्ता हस्तान्तरण र भेटवार्ताका लागि निमन्त्रणा गर्नुभएको थिएन।

ट्रम्पले बाइडेनको शपथ ग्रहण समारोहमा भाग नलिई नजिर तोड्नुभएको थियो तर ह्वाइट हाउसले डेमोक्र्याटिक राष्ट्रपति आगामी समारोहमा सहभागी हुने जनाएको छ ।