२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विश्व शान्तिका लागि वैदिक र आधुनिक विज्ञानलाई सँगै लैजानुपर्छ’



अ+ अ-

काठमाडौँ, २३ कात्तिक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विश्व शान्ति, समृद्धि र विकासका लागि वैदिक विज्ञान र आधुनिक विज्ञानलाई एकसाथ लैजानुपर्नेमा जोड दिइएको छ ।

नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलनको दोस्रो दिनको कार्यक्रमलाई भृकुटीमण्डपमा सम्बोधन गर्नुहुँदै उहाँले वैदिक विज्ञान विना आधुनिक विज्ञान अधुरो हुने बताउनुभयो । योग, यज्ञ र ध्यानका माध्यमबाट विश्व शान्ति, समृद्धि र विकासमा सहयोग पुग्ने भनाइ पूर्वअध्यक्ष रेग्मीले राख्नुभएको थियो ।

महर्षि महेश योगीले पनि ५० वर्षअघि नेपाल आउँदा हिमालयको काखमा रहेको नेपालले वैदिक ज्ञानका माध्यमबाट विश्वलाई शान्तिको सन्देश दिन सक्ने उद्घोष गर्नुभएको उल्लेख गर्नुहुँदै उहाँले त्यसलाई साकार बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाले योग, यज्ञ र ध्यानका माध्यमबाट नै विश्व शान्ति, समृद्धि र विकास हुनसक्छ भन्ने महर्षिको वचनलाई आधुनिक विज्ञानले पनि प्रमाणित गरेकाले वैदिक र आधुनिक विज्ञानको सम्मेलन गरिएको जानकारी दिनुभयो ।

प्रा डा दीर्घराज घिमिरेले उग्रताको शयन गर्नसक्ने शक्ति वैदिक मन्त्रमा हुने उल्लेख गर्नुहुँदै त्यसका माध्यमबाट आधुनिक विज्ञानले पनि लाभ लिएको बताउनुभयो । वैदिक दर्शनमा उल्लेख गरिएको ३३ करोड देवतामध्ये रुद्र जेठो भएको उल्लेख गर्नुहुँदै उहाँले तिनै रुद्र भगवान्लाई खुसी पार्न गरिने यज्ञ नै रुद्री भएको बताउनुभयो ।

महर्षि नेपाल आउनुभएको स्वर्ण महोत्सवका अवसरमा महासम्मेलनसँगै विश्व कल्याणका लागि अतिरुद्री विराट महायज्ञ पनि आयोजना गरिएको छ । बिहीबारदेखि सुरु भएको महायज्ञ कात्तिक २५ गते सकिने फाउन्डेसनले जनाएको छ । महायज्ञमा भावातीत ध्यान र सिद्धि साधना गरिरहेका एक हजार १११ वैदिक पण्डितले रुद्राभिषेक गरिरहेका छन् ।रासस