काठमाडौँ । पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।
९७ वर्षीया रत्नलाई छातीमा समस्या देखिएपछि उपचारका लागि मंगलबार नर्भिक अस्पताल लगिएको थियो। स्वास्थमा सुधार भएपछि शुक्रबार अपराह्न उहाँलाई अस्पतालले डिस्चार्ज गरेको हो।