५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टी–२० आजदेखि



अ+ अ-

एजेन्सी । भारत र दक्षिण अफ्रिकाबीचको चार खेलको टी–२० सिरिजको पहिलो खेल आज डर्बनमा हुँदैछ । खेल नेपाली समय अनुसार राति ८ः४५ बजे किंग्समीड क्रिकेट मैदानमा सुरु हुनेछ । टस राति ८ बजे हुनेछ ।

यस वर्षको जुनमा भएको टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतीय टोली च्याम्पियन बनेको थियो । फाइनलपछि दक्षिण अफ्रिका र भारतीय टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

यी दुई टोलीबीच अहिलेसम्म २७ टी–२० खेल भएका छन् । जसमा भारतले १५ र दक्षिण अफ्रिकाले ११ जित हात पारेको छ । जबकि एक खेल अनिर्णित रह्यो ।

पछिल्लो पटक भारतले सन् २०२३ मा टी–२० सिरिजका लागि दक्षिण अफ्रिकाको भ्रमण गरेको थियो, जहाँ दुवै टोलीले १–१ को बराबरी खेलेका थिए भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

यी दुईबीच अहिलेसम्म ९ टी–२० सिरिज खेलिएको छ जसमा भारतले ४ र दक्षिण अफ्रिकाले २ जितेको छ । जबकि ३ सिरिज बराबरीमा रह्यो ।

भारतीय कप्तान सूर्यकुमार यादव यस वर्ष टी–२० मा टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले १४ खेलमा ४ सयभन्दा बढी रन बनाएका छन् । जसमा ४ अर्धशतक रहेका छन् । बलर अर्शदीप सिंहले सर्वाधिक विकेट लिएका छन् । उनले १४ खेलमा २८ विकेट लिएका छन् ।

दक्षिण अफ्रिकाका ओपनर रिजा हेन्ड्रिक्स यस वर्ष टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन् । हेन्ड्रिक्सले १७ खेलमा ३९९ रन बनाएका छन् । यो वर्ष टिमका लागि सर्वाधिक विकेट लिने बलर एनरिके नोर्ट्या हुन् । तर, उनी यो सिरिजमा टोलीमा छैनन् । यो अवस्थामा ओटनेल बार्टम्यान सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले १० खेलमा १४ विकेट लिएका छन् ।

दुबै टोलीको सम्भावित प्लेइङ–११
भारतः सूर्यकुमार यादव (कप्तान), सञ्जु सामसन, अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, रिंकु सिंह, रमनदीप सिंह, अक्षर पटेल, वरुण चक्रवर्तीररवि बिश्नोई, अर्शदीप सिंह र आवेश खान ।

दक्षिण अफ्रिकाः एडेन मार्कराम (कप्तान), रीजा हेन्ड्रिक्स, रायन रिकेल्टन, ट्रिस्टन स्टब्स, हेनरिक क्लासेन (विकेटकिपर), डेभिड मिलर, डोनोभान फरेरा, मार्को यान्सन, जेराल्ड कोएत्जी, ओटनेल बार्टम्यान र लुथो सिपामला ।