१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान

‘फेस अफ कर्णाली याक्स’मा स्वस्तिमा खड्का

‘फेस अफ कर्णाली याक्स’मा स्वस्तिमा खड्का
अ अ+ अ-

काठमाडौं । हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ को रुपमा भित्राएको छ ।

बुधबार नक्सालस्थित हिल्टन होटलमा पत्रकार सम्मेलन गर्दै कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि खड्कालाई आवद्ध गरेको जनायो ।

उनले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताएकी छिन् । उनले नेपाली क्रिकेट विश्वस्तरमा चिनिँदै गएको सुनाइन् । ‘अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन् । नेपालका पनि क्रिकेटको प्रभाव बढ्दै गएको छ,’ उनले भनिन्, ‘कर्णाली याक्सले नेपाली क्रिकेटलाई विश्वमाझ पुर्याउने योजना ल्याएको छ । त्यसैको प्रभावले कर्णाली याक्ससँग जोडिन पुगेको हो ।’

खड्काले नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा खेलिरहेको र उनकै प्रभावले पनि खेलकुदमा लाग्न प्रेरित गरेको प्रसंग सुनाएकी थिइन् । ‘नेपालकी स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा व्यवसायिक फुटबल खेलिरहनु भएको छ । उहाँले पनि फ्रान्समा नेपाल र नेपालीलाई चिनाउनु भएको छ । त्यसैले पनि खेलकुदले मलाई प्रभावित पार्यो ।’

उनले आफ्नो श्रीमान निश्चल बस्नेत पनि कर्णाली प्रदेशकै भएकाले पनि कर्णाली याक्ससँग जोडिन सहज भएको जानकारी गराइन् ।

कार्यक्रममा कर्णाली याक्सका मालिक जनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, मुख्य प्रशिक्षक तथा टिम निर्देशक ज्ञानेन्द्र मल्लको उपस्थिति थियो ।

प्रशिक्षक मल्लले कलाकार क्रिकेटमा जोडिनु सुखद् सन्देश रहेको र क्रिकेट विकासमा टेवा पुग्ने विश्वास गरे । ‘कलाकारिता क्षेत्रको मान्छे भएर पनि क्रिकेटमा जोडिनु भएको छ । हामी खेलाडी र फ्यानमात्रै हैन । कलाकार पनि क्रिकेटमा जोडिँदा यस क्षेत्रको विकासमा मद्धत पुग्नेछ ।’ उनले छिमेकी मुलुक भारतमा पनि यस्तै प्रचलन रहेकाले यो कार्य राम्रो सुरुवात भएको बताएका छन् ।

कार्यक्रमबाटै कर्णाली याक्सको आफ्नो गीत सार्वजनिक गरेको छ । गीतमा हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सका उपाध्यक्ष सुनिल खनालको स्वर, संगित र शब्द छ ।

कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्रगतिका बलर सोमपाल कामी छन् । प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ । थप खेलाडी चाडै सार्वजनिक गरिने सहमालिक गृहेन्द्र घिमिरेले जानकारी गराएका छन् ।

प्रतियोगिताकै लागि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ । प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म हुनेछ ।