२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेभिड वार्नर सिड्नी थन्डर्सका नयाँ कप्तान बने



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका पूर्व ओपनर डेभिड वार्नर बिग ब्यास लिगको अर्को सिजनका लागि सिड्नी थन्डर्सको नयाँ कप्तानमा नियुक्त भएका छन् ।

उनले क्रिस ग्रीनको स्थान लिनेछन् । फ्रेन्चाइजीले बुधबार राति यो जानकारी दिएको हो । वार्नरले सन् २०११ मा यो फ्रेन्चाइजको कप्तानी गरेका थिए ।

१२ दिनअघि अक्टोबर २५ मा क्रिकेट अष्ट्रेलियाको आचरण आयोगले वार्नरमाथि लागेको आजीवन कप्तानी प्रतिबन्ध हटाएको थियो । सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट म्याचमा बल टेम्परिङ गरेको आरोपमा उनलाई प्रतिबन्ध लगाइएको थियो ।

वार्नर बाहेक, स्टिभ स्मिथ र क्यामरुन ब्यानक्रफ्ट पनि बल टेम्परिङ मुद्दामा दोषी ठहरिएका थिए, जसलाई एक(एक वर्ष क्रिकेटबाट प्रतिबन्ध लगाइएको थियो । वार्नरले क्रिकेट अष्ट्रेलियालाई प्रतिबन्ध फिर्ता लिन अपिल गरेका थिए ।

कप्तान बनेपछि वार्नरले भने-
थन्डरको कप्तान गर्नु मेरो लागि धेरै महत्त्वपूर्ण छ । म सुरुदेखि नै टोलीको एक हिस्सा थिएँ र अब मेरो नामको अगाडि ुसीु राखेर फर्किन पाउँदा खुसी लाग्छ । म फ्रेन्चाइजको नेतृत्व गर्न र युवाहरूसँग मेरो अनुभव साझा गर्न उत्साहित छु ।

सिड्नी थन्डर टोलीले डिसेम्बर १७ मा आफ्नो अभियान सुरु गर्नेछ । टोलीले यस सिजनको आफ्नो पहिलो खेल क्यानबेरामा एडिलेड स्ट्राइकर्ससँग खेल्नेछ । फ्रेन्चाइजले लिगमा एउटा मात्र उपाधि जित्न सकेको छ । टोलीले सन् २०१५–१६ सिजनमा मेलबर्न स्टार्सलाई हराएर उपाधि जितेको थियो ।