२५ भाद्र २०८३, बिहीबार
,
Latest
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेभिड वार्नर सिड्नी थन्डर्सका नयाँ कप्तान बने



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका पूर्व ओपनर डेभिड वार्नर बिग ब्यास लिगको अर्को सिजनका लागि सिड्नी थन्डर्सको नयाँ कप्तानमा नियुक्त भएका छन् ।

उनले क्रिस ग्रीनको स्थान लिनेछन् । फ्रेन्चाइजीले बुधबार राति यो जानकारी दिएको हो । वार्नरले सन् २०११ मा यो फ्रेन्चाइजको कप्तानी गरेका थिए ।

१२ दिनअघि अक्टोबर २५ मा क्रिकेट अष्ट्रेलियाको आचरण आयोगले वार्नरमाथि लागेको आजीवन कप्तानी प्रतिबन्ध हटाएको थियो । सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट म्याचमा बल टेम्परिङ गरेको आरोपमा उनलाई प्रतिबन्ध लगाइएको थियो ।

वार्नर बाहेक, स्टिभ स्मिथ र क्यामरुन ब्यानक्रफ्ट पनि बल टेम्परिङ मुद्दामा दोषी ठहरिएका थिए, जसलाई एक(एक वर्ष क्रिकेटबाट प्रतिबन्ध लगाइएको थियो । वार्नरले क्रिकेट अष्ट्रेलियालाई प्रतिबन्ध फिर्ता लिन अपिल गरेका थिए ।

कप्तान बनेपछि वार्नरले भने-
थन्डरको कप्तान गर्नु मेरो लागि धेरै महत्त्वपूर्ण छ । म सुरुदेखि नै टोलीको एक हिस्सा थिएँ र अब मेरो नामको अगाडि ुसीु राखेर फर्किन पाउँदा खुसी लाग्छ । म फ्रेन्चाइजको नेतृत्व गर्न र युवाहरूसँग मेरो अनुभव साझा गर्न उत्साहित छु ।

सिड्नी थन्डर टोलीले डिसेम्बर १७ मा आफ्नो अभियान सुरु गर्नेछ । टोलीले यस सिजनको आफ्नो पहिलो खेल क्यानबेरामा एडिलेड स्ट्राइकर्ससँग खेल्नेछ । फ्रेन्चाइजले लिगमा एउटा मात्र उपाधि जित्न सकेको छ । टोलीले सन् २०१५–१६ सिजनमा मेलबर्न स्टार्सलाई हराएर उपाधि जितेको थियो ।