७ श्रावण २०८३, बिहीबार
,
Latest
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु पुष्पलाल स्मृति दिवस मनाइँदै झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट इआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा दोस्रो पटक देश व्यापी लकडाउन घोषणा



अ+ अ-

बेलायत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा दोस्रो पटक देश व्यापी लकडाउन घोषणा गरेका छन् । कोरोनाभाइरसको संक्रमण बढेसँगै राष्ट्रिय स्वास्थ्य सेवाका लागि ‘स्वास्थ्य र नैतिक विपत्’ रोक्न उनले देशभरी नै दोस्रो पटक लकडाउन गर्ने घोषणा गरेका हुन् ।

आउँदो डिसेम्बरमा सदाको झै क्रिसमस रहेको हुँदा त्यसबेला पनि मानिसहरुको अधिक मात्रामा भिड हुने भएकाले त्यसलाई नियन्त्रण गर्न पनि बेलायतका प्रधानमन्त्री जोनसनले सम्पुर्ण परिवारहरुलाई यसपटकको क्रिसमस फरक हुने बताउदैं घरमै सँगै बसेर मनाउन आग्रह समेत गरेका छन् । 

बिहीबारबाट पब, रेस्टुरेन्ट, जिम र अतिआवश्यक सूचीमा नरहेका पसलहरु चार हप्ताका लागि बन्द हुने उनले जनाएका छन् । तर, स्कूल, कलेज र विश्वविद्यालय भने सञ्चालन गर्न पाइनेछ । २ डिसेम्बरबाट प्रतिबन्धहरुलाई खुकुलो बनाउँदै लगिने पनि उनले जानकारी दिए ।