४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

संविधानका राम्रा पक्षलाई सँगै लिएर हिँड्ने कसम खानुपर्ने समय आयोः बार अध्यक्ष घिमिरे

संविधानका राम्रा पक्षलाई सँगै लिएर हिँड्ने कसम खानुपर्ने समय आयोः बार अध्यक्ष घिमिरे
अ+ अ-

काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधानका राम्रा पक्षहरुलाई सँगै लिएर हिँड्नुपर्ने बताउनुभएको छ ।

केहीले संविधान च्याप्नुपर्छ समेत भन्ने गरेको उल्लेख गर्दै उहाँले संविधानका राम्रा पक्षलाई सँगै लिएर अघि बढ्नका लागि सबै पक्षले कसम खाएर अघि बढ्नुपर्ने बताउनु बताउनु भयो । अध्यक्ष घिमिरेले संविधान परिवर्तनीय दस्तावेज भएकाले त्यसमा रहेका कमीकमजोरीलाई केलाएर परिमार्जन गर्नुपर्दछ भन्ने दृष्टिकोण आफूहरुले अघि सारेको पनि स्पष्ट पार्नुभयो ।

ठूलो द्वन्द्वका बीच वर्तमान संविधान निर्माणमा गरिएको र त्यसको नेतृत्व स्वर्गीय सुवाष नेम्वाङले गर्नुभएको उहाको भनाई थियो । सोमवार सर्वोच्च अदालत बार एशोसिएशनले प्रकाशित गरेको स्मतिमा सुवाष नेम्वाङ स्मृति ग्रन्थ लोकापर्ण कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले नेम्वाङको समझदार व्यक्तित्वको जति चर्चा गरेपनि कमै हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्यत्रो द्वन्द्वको बीचमा पनि दुई दुई पटकको संविधान सभा निर्वाचन पश्चात आज यो संविधानको निर्माण भएको छ । त्यसेले गर्दा यो संविधानले केही गरेन, यो संविधानले केही गर्न सक्दैन, त्यसैले गर्दा यसलाई च्यात्नुपर्छ, फाल्नुपर्छ भन्ने जस्ता आवाजहरु पनि कताकता देखिन थालेका छन । त्यो बिल्कुलै गलत कुरा हो । यो संविधान २००७ सालदेखिको जे जस्तो परिस्थितिमा हामी छौं, जे जस्तो परिस्थिति हाम्रो समाजको छ । त्यसलाई कति सकिन्छ ? नजिक ल्याएर द्वन्द्वका बीचमा, विवादका विचमा यो संविधान निर्माण भएको छ । यसका राम्रा पक्षहरुलाई सँगै लिएर हिँडने कसम आज हामीले खानु पर्दछ । त्यही परिस्थितिमा हामी छौं भन्ने मलाई लाग्दछ ।

अव कसैले यो संविधानलाई होइन यसलाई फालेर नयाँ संविधानको कुरा गर्दछ भने पनि आखिर समाज त यही हो । राजनीतिक पार्टीहरु त यिनै हुन । कित सबैलाई निमिटयान्न पार्नुप¥यो । र, एक खालको कुरा गर्नु प¥यो । त्यो गर्ने परिस्थिति नेपालमा छैन । अव फेरी अर्को द्वन्द्वमा हामी जान सक्दैनौं । त्यसैले हामीले के भन्यौ भने संविधान समयानुकूल परिवर्तन हुुनु पर्दछ । संशोधन हुनुपर्छ । संविधान स्टाटिक डकुमेन्ट होइन, एउटा गतिशील डकुमेन्ट हो । यसमा रहेका, हुन नसकेका कमीकमजोरीहरुको विषयमा केलाउनु पर्दछ । र, ती केलाई सकेर संविधान ती कुराहरु मुखरित हुने गरी संशोधनमा लिएर जानुपर्छ भन्ने हामो धारणा छ । हामीले त्यो कुरालाई आफ्नो विभिन्न सभा, सम्मेलन र हाम्रा विभिन्न कार्यक्रमहरुमा भन्दै आएका छौं ।’

अध्यक्ष घिमिरेले संविधानमा देखिएको कमी हटाउनका लागि यसका प्रावधानहरु केलाएर हेर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।