८ पुष २०८२, मंगलवार
,
Latest
पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडद्वारा प्रशिक्षक टेन ह्याग बर्खास्त



अ+ अ-

काठमाडौँ । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले मुख्य प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको छ ।

५४ वर्षीय ह्यागलाई क्लबले सोमबार आकस्मिक रुपमा बर्खास्त गरेको हो । जारी प्रिमियर लिगमा युनाइटेडको प्रदर्शन खस्किएको छ । टोली ९ खेलमा ११ अंकसहित तालिकाको १४ औं स्थानमा छ ।

क्लबले प्रशिक्षकलाई बर्खास्त गरिएको सन्देश दिँदै विज्ञप्तीमा भनेको छ– ‘एरिक टेन ह्यागले म्यानचेस्टर युनाइटेड पुरुषको पहिलो टोलीको व्यवस्थापकको रूपमा आफ्नो भूमिका छोडेका छन् । एरिकले हाम्रो साथको समयमा गरेको सबै कुराको लागि हामी कृतज्ञ छौं र भविष्यको लागि उनलाई शुभकामना दिन्छौं ।’

साथै, क्लबले रुड भान निस्टेलरोयले अन्तरिम मुख्य प्रशिक्षकको रूपमा टोलीको जिम्मेवारी लिने पनि जानकारी गराएको छ ।

२०२२ अप्रिल २१  मा उनी युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।