५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडद्वारा प्रशिक्षक टेन ह्याग बर्खास्त



अ+ अ-

काठमाडौँ । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले मुख्य प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको छ ।

५४ वर्षीय ह्यागलाई क्लबले सोमबार आकस्मिक रुपमा बर्खास्त गरेको हो । जारी प्रिमियर लिगमा युनाइटेडको प्रदर्शन खस्किएको छ । टोली ९ खेलमा ११ अंकसहित तालिकाको १४ औं स्थानमा छ ।

क्लबले प्रशिक्षकलाई बर्खास्त गरिएको सन्देश दिँदै विज्ञप्तीमा भनेको छ– ‘एरिक टेन ह्यागले म्यानचेस्टर युनाइटेड पुरुषको पहिलो टोलीको व्यवस्थापकको रूपमा आफ्नो भूमिका छोडेका छन् । एरिकले हाम्रो साथको समयमा गरेको सबै कुराको लागि हामी कृतज्ञ छौं र भविष्यको लागि उनलाई शुभकामना दिन्छौं ।’

साथै, क्लबले रुड भान निस्टेलरोयले अन्तरिम मुख्य प्रशिक्षकको रूपमा टोलीको जिम्मेवारी लिने पनि जानकारी गराएको छ ।

२०२२ अप्रिल २१  मा उनी युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।