२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन

काठमाडौँ–तराई/मधेस द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न अध्ययन सुरु

काठमाडौँ–तराई/मधेस द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न अध्ययन सुरु
अ अ+ अ-

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटौंडाबीच कम समय दूरीमा आवतजावत गर्न निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न अध्ययन सुरु गरिएको छ । मदन भण्डारी मार्गले राजधानीदेखि दक्षिणकाली, छैमले, सिस्नेरी, भीमफेदी हुँदै भैँसेलाई जोड्ने छ भने मदन भण्डारी राजमार्गले भने हेटौँडालाई धरान चतरासँग जोड्ने छ । द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्ने योजनालाई मूर्तरूप दिने बागमती प्रदेश सरकारको प्रस्तावमा सङ्घीय सरकारद्वारा अध्ययन सुरु गरिएको छ । सङ्घीय सरकारले कार्यदल बनाएर नै अध्ययन सुरु गरेको हो । कार्यदलमा सङ्घीय अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बागमती प्रदेश सरकारका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि रहेका छन् । दु्रतमार्गसँग सो मार्ग जोडिएपछि काठमाडौँ र हेटाँैडा बीचको सडक दूरी करिब ५० किलोमिटर छोटिने बताइएको छ । प्रदेश सरकारको प्रस्तावलाई प्राथमिकतामा राख्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा. पुष्पराज कँडेल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले जोडिन सक्ने सम्भावित स्थान विन्दुबारे निरीक्षणसमेत गरिसकेका छन्। उनीहरूले कात्तिक १ गते निरीक्षण गरेका थिए। उपाध्यक्ष प्रा.डा. कँडेलले दु्रतमार्गमा मदन भण्डारी मार्गलाई जोडिन सक्ने ठाउँबारे अध्ययन भइरहेको जानकारी अध्ययनपछि ठाउँबारे टुङ्गो लाग्ने बताए ।

प्रधानमन्त्री ओलीका विकास व्यवस्थापन विज्ञ थपलियाले निर्माणाधीन द्रुतमार्गसँग मदन भण्डारी मार्ग र भीमफेदी–कुलेखानी सुरुङमार्गलाई कसरी जोड्न सकिन्छ, प्राविधिक रूपले सम्भव छ÷छैन भन्नेबारे अहिले अध्ययन भइरहेको जानकारी दिए । उनले बागमती प्रदेश सरकारको यस प्रस्तावमा सङ्घीय सरकारको पूर्ण सहयोग रहने बताए । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री फुँयालले काठमाडौँ र हेटौँडा बीचको सडक दूरी छोट्याउने उद्देश्यसहित मकवानपुरको भीमफेदी गाउँपालिका–८ र इन्द्रसरोवर गाउँपालिका–३ को कोगटे दोभानमा निर्माणाधीन द्रुतमार्गसँग मदन भण्डारी मार्गको प्रवेश विन्दु र निष्कासन विन्दु जोड्न प्रदेश सरकारद्वारा सङ्घीय सरकारसँग प्रस्ताव गरिएको बताए। प्रदेश सरकारको प्रस्तावमा सङ्घीय सरकार अत्यन्तै सकारात्मक रहेको पाइएको बताउँदै उहाँले यसका लागि अध्ययन भइरहेको जानकारी दिए ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले द्रुतमार्गसँग मदन भण्डारी मार्ग र भीमफेदी–हेटौँडा सुरुङलाई जोड्नेबारे अहिले कार्यदलद्वारा अध्ययन भइरहेकाले सोबारे अहिलेसम्म सरकारका तर्फबाट कुनै औपचारिक प्रस्ताव नआएको बताए । अध्ययन प्रतिवेदनसँगै यस विषयमा स्पष्ट हुनसक्ने प्रवक्ता पौडेलको भनाइ छ ।
अहिले हेटौँडाबाट हिँडेको सवारी साधनलाई हेटौँडाबाट ७६ किलोमिटर नारायणघाट र त्यहाँबाट १५२ किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ । गोरखापत्र दैनिक