११ कार्तिक २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानलाई ७–१ गोलले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा



अ+ अ-

काठमाडौँ । बंगलादेश साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा भुटानलाई गोलले हराउँदै बंगलादेशले फाइनलको टिकट काटेको हो ।

बंगलादेशलाई फराकिलो जित दिलाउन तोहुरा खातुनले ह्याट्रिक गरिन् भने सबिना खातुनले २ तथा  रितु चकमा र मसुरा पर्भिनले एक–एक गोल गरे । भुटानकी डेकी ल्हाजोमले एक गोल फर्काइन् ।

योसँगै बंगलादेशले फाइनलमा नेपाल र भारतबीचको विजेतासँग खेल्नेछ । नेपाल र भारतबीचको खेल साँझ ६ः३० बजे सुरु हुनेछ । फाइनल खेल बुधबार हुनेछ ।