१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिको: घरेलु मैदानमै रियलको लज्जास्पद हार



अ+ अ-

काठमाडौं । एल क्लासिको खेलमा बार्सिलोनाले जित निकालेको छ । ला लिगा अन्तरगत भर्खरै सम्पन्न खेलमा बार्सिलोनाले रियल मड्रिडलाई उसकै घरेलु मैदानमा ४-० गोलले हराएको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा लामिन यामल र राफिन्हाले एक-एक गोल गरे ।

३१ औं मिनेटमा किलियन एमबाप्पेले गोल गरेपनि उनको गोलले मान्यता पाएन । उनको गोललाई भिएआरले रद्द गरिदियो । उनी अफसाइड रहन पुगे ।

५४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । उनले डिबक्सबाहिरबाट सुन्दर गोल गरे ।

त्यसको एक मिनेटपछि नै लेवान्डोस्कीले व्यक्तिगत तथा टोलिका लागि दोस्रो गोल गरे । ब्लेडले दिएको क्रस पासमा उनले हेडरमार्फत सानदार गोल गरे ।

६६ औ मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक गर्ने अवसर खेर फाले । राफिन्हाले उपलब्ध गराएको बलमा पोस्ट खाली हुँदा उनी गोल गर्न चुके । उनको प्रहार गोलपोस्टमा दायाँतर्फ पोलमा लागेर बाहिरीयो ।

६८ औं मिनेटमा पुनः लेवान्डोस्कीले डिबक्सभित्रबाट गरेको प्रहार आकाशीन पुग्यो । उनी गोल गर्न चुके ।

७० औं मिनेटमा एमबाप्पेले प्रहार गरेको बललाई बार्साका गोलकिपर पेना सोटोरेसले विफल पारिदिए ।

७७ औं मिनेटमा यामलले गोल गर्दै बार्सिलोनालाई ३-० ले अघि बढाए । राफिन्हाले उपलब्ध गराएको पासमा उनले सुन्दर गोल गरे । १७ बर्षिय यामल एल क्लासिको इतिहासमै गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने ।

८४ औं मिनेटमा राफिन्हाले गोल गर्दै रियललाई ४-० ले जित दिलाए ।

जितसङ्गै बार्सिलोनाले रियलसङ्गको अङ्कदुरी बढाएको छ । शीर्षस्थानको बार्सिलोनाको ११ खेलबाट ३० अङ्क छ भने दोस्रोस्थानको रियलको २४ अङ्क छ ।