१० कार्तिक २०८१, शनिबार
,
Latest
नेपाली जहाँ पुुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको मौन प्रदर्शन – फोटोफिचर ‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ’ अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह‐ विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउनुहोस् रुसले युक्रेनमा फेरि आक्रमण गर्यो, पाँच जनाको मृत्यु एल क्लासिको आज, रियल र बार्सिलोना आमनेसामने हुँदै इजरायलद्वारा इरानमा क्षेप्यास्त्र आक्रमण नेपालले जलवायुजन्य क्षतिपूर्तिका लागि प्रविधि, ज्ञान र वित्तमा जोड दिनुपर्दछः न्यायाधीश प्रधान जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्छः प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिको आज, रियल र बार्सिलोना आमनेसामने हुँदै



अ+ अ-

काठमाडौँ । क्लब फुटबलमा सबैभन्दा प्रतिष्ठित भिडन्त ‘एल क्लासिको’ खेल आज हुँदैछ ।

ला लिगा अन्तर्गत दुई महारथी रियल मड्रिड र बार्सिलोना आज मध्यरातमा आमनेसामने हुँदैछन् । खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

ला लिगामा दुबै टोलीले हालसम्म १० खेल खेल्दा बार्सिलोना २७ अंकका साथ शीर्षस्थानमा छ । समान खेल खेलेको रियल २४ अंकका साथ दोस्रो स्थानमा छ । बार्सिलोनाले एक खेलमा पराजय ब्यहोर्दा रियल भने अपराजित रहेको छ । उसले ३ खेल बराबरी खेलेको छ ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा दर्शकको साथ पाउने भएकाले रियल बार्सिलोनालाई हराउँदै अंक बराबरी गर्न चाहन्छ । अर्कोतर्फ रियललाई उसकै मैदानमा हराएर बार्सिलोना अंकदुरी बढाउन चाहन्छ ।