२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’

सरकारी संचार माध्यमलाई प्रभावकारी बनाउन एकीकृत ढंगले संचालन गर्ने –संचारमन्त्री गुरुङ्ग

सरकारी संचार माध्यमलाई प्रभावकारी बनाउन एकीकृत ढंगले संचालन गर्ने –संचारमन्त्री गुरुङ्ग
अ अ+ अ-

काठमाडौ । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम प्रशारण गर्न संचार माध्यामहरुलाई आग्रह गर्नु भएको छ ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि जनतालाई सही सूचना दिन सरकारी संचार माध्यमहरुले विशेष भूमिका निर्वाह गर्नु पर्ने पनि स्पष्ट पार्नु भयो ।

मंगलबार (आज) सरकारी संंचार माध्याम नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिको काठमाडौंस्थित केन्द्रिय कार्यालयको छुट्टाछुट्टै अनुमगन गर्ने क्रममा उहाँले सरकारले गरेका राम्रा काम जनताको माझ लैजाने दायित्व संचार माध्यामहरुको भएको उल्लेख गर्दै त्यसमा नचुक्न पनि सचेत गराउनु भयो ।

‘जनतालाई सही सूचना दिने दायित्व संचार माध्यमको हो,’ मन्त्री गुरुङले भन्नु भयो,‘त्यसका लागि सरकारी संचार माध्यामले विशेष भूमिका निर्वाह गर्नुपर्छ ।’ संचारमन्त्री गुरुङले नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, गोर्खापत्र संस्थानजस्ता सरकारी संचार माध्यमलाई प्रभावकारी बनाउन एकीकृत ढंगले संचालन गर्ने योजना पनि अघि सार्नु भयो । त्यसका लागि विज्ञहरुसँग आवश्यक छलफल गरी नीति ल्याउने मन्त्री गुरुङको भनाई छ ।

मन्त्री गुरुङले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर समाचार सम्पे्रषण गर्न पनि संचार माध्यामहरुलाई आह्वान गर्नु भयो । उहाँले सरकारी संचार माध्याम विगतमा राजनीतिक आस्थाको गोटी बनेकाले त्यसको स्थायित्व र विकासमा समस्या देखिएको उल्लेख गर्दै अव त्यसो हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

संचार मन्त्रालय सम्हाल्नु भएका मन्त्री गुरुङले  नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिको छुट्टाछुट्टै अनुगमन गर्नु भएको हो ।