९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय स्थल सेनाध्यक्ष नरावणे तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । नेपाल भारतबीच सम्बन्धमा चिसोपन आइरहेका बेला भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणे तीनदिने औपचारिक भ्रमणका क्रममा आज बुधबार नेपाल आउने भएका छन् । भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलको भ्रमणका बारेमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नरावणेको नेपालमा औपचारिक भ्रमण हुन लागेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आउन लागेका भारतीय स्थल सेनाध्यक्ष नरावणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । भारतमा नियुक्त हुने नयाँ स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी र नेपाली सेनाको नयाँ प्रधानसेनापतिमा नियुक्त भएपछि भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने प्रचलन रहेको छ । नेपालप्रति कठोर नीति अपनाउने स्थल सेनाध्यक्ष नरावणेले शुरुमा नेपाल आउन आनाकानी गर्दै आएका थिए । 

कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि नरावणेले चीनको उक्साहटमा लागेर नेपालले नयाँ नक्सा जारी गरेको र उक्त भूमि भारतको नै भएको दाबी गरेका थिए । स्थल सेनाध्यक्ष नरावणेले बोलेको उक्त भनाइलाई लिएर नेपालमा तीव्र विरोधसमेत भएको थियो । स्थल सेनाध्यक्ष नरावणेले बोलेको आफ्नो भनाइ पुष्टि गर्न सक्नुभएको थिएन । आज बुधबार आफ्नै विशेष विमानबाट काठमाडौं आउन लाग्नुभएका स्थल सेनाध्यक्ष नरावणेको भोलि बिहीबार बिहानबाट यहाँको औपचारिक भ्रमणको कार्यक्रम शुरु हुने भएको छ । बिहीबार बिहान सैनिक मञ्चमा माल्र्यापण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उहाँले प्रधानसेनापति थापासँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी सैनिक मुख्यालयमा आयोजना हुने कार्यक्रममा सहभागी हुने र भारतीय सेनाका तर्फबाट नेपाली सेनाका लागि एम्बुलेन्ससहितको मेडिकल उपकरण हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सोही दिन अपराह्न राष्ट्रपति निवास शीतल निवासमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

सोही दिन साँझ प्रधानसेनापति थापाले आयोजना गर्नुहुने रात्रिभोजमा स्थल सेनाध्यक्ष नरावणे सहभागी हुने भएको छ । भ्रमणको अन्तिम दिन शुक्रबार शिवपुरीस्थित स्टाफ कजेलमा उनले शिक्षार्थी अधिकृतहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेट गर्ने कार्यक्रम रहेको छ । उनी सोही दिन स्वदेश फर्कने कार्यक्रम रहेको छ । नेपाल समाचारपत्र दैनिक