९ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दाना’ चक्रवातको असरले नेपालमा केही ठाउँमा पानी पर्ने



अ+ अ-

काठमाडौं । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘दाना’को प्रभावका कारण नेपालका आज केही स्थानमा हल्का वर्षा हुने भएको छ ।

भारतको ओडिसा र पश्चिम बंगलमा दाना चक्रवातको असर छ । ती प्रदेशमा हावाहुरीसहितको वर्षा भएको छ ।

नेपालमा पनि त्यसैको प्रभाव परेको हो । अहिले देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ ।

कोशी प्रदेश र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आंशिकदेखि साधरणतया बदली रहि देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।