८ कार्तिक २०८१, बिहीबार
,
Latest
विश्वले गम्भीर चुनौतको सामना गरिरहेको छः चिनियाँ राष्ट्रपति विश्वविद्यालय केही व्यक्तिहरुबाट असुरक्षित छ, सरकारले हस्तक्षेप गर्नुपर्छः मन्त्री भट्टराई साफ महिला च्याम्पियनसिपः पहिलो हाफमै श्रीलंकाविरुद्ध नेपाल ४–० ले अघि कोप–२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने सिहंदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादनको हुँदैछः स्वास्थ्यमन्त्री पौडेल विश्वले गम्भीर चुनौतको सामना गरिरहेको छः चिनियाँ राष्ट्रपति चिनियाँ नागरिकसँग १६ वर्षीया किशोरीको जबरजस्ती विवाह गराइदिने ८ जना पक्राउ समस्याग्रस्त सबै सहकारीको समस्या आगामी वर्षभित्र समाधान हुन्छः मन्त्री अधिकारी माल्दिभ्सलाई १३–० ले हराउँदै भुटान सेमिफाइनलमा कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्सलाई १३–० ले हराउँदै भुटान सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । भुटान साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको समूह ‘बी’ को खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो ।

भुटानकी देकी ल्हजोमले ५ गोल गरिन् । यस्तै पेमा छोदेन शेरिङ र शेरिङ याङ्देनले समान २ तथा नम्गेल देमा, सोनम छोदेन, शेरिङ ल्हादेन र देकी याङ्देनले समान १ गोल गरे ।

यो जितसँगै भुटान ३ खेलमा ७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । ३ वटै खेलमा पराजय ब्यहोरको माल्दिभ्स पुछारमा छ ।

साफ महिला च्याम्पियनशिपमा आजै यही समूहका नेपाल र श्रीलङ्का खेल्दैछन् । यो खेल अहिले बेलुकी साढे ५ बजे त्रिपुरेश्वरमा शुरू हुँदैछ ।

नेपाल २ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो र श्रीलङ्का २ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छन् । दुवै टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना छ । यो खेलसँगै सेमिफाइनल समीकरण पूरा हुनेछ ।

यसअघि समूह ‘ए’बाट बङ्गलादेश शीर्ष स्थानमा र भारत दोस्रो स्थानमा रहँदै सेमिफाइनलको टिकट काटिसकेका छन् ।