८ कार्तिक २०८१, बिहीबार
,
Latest
कोप–२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने सिहंदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादनको हुँदैछः स्वास्थ्यमन्त्री पौडेल विश्वले गम्भीर चुनौतको सामना गरिरहेको छः चिनियाँ राष्ट्रपति चिनियाँ नागरिकसँग १६ वर्षीया किशोरीको जबरजस्ती विवाह गराइदिने ८ जना पक्राउ समस्याग्रस्त सबै सहकारीको समस्या आगामी वर्षभित्र समाधान हुन्छः मन्त्री अधिकारी माल्दिभ्सलाई १३–० ले हराउँदै भुटान सेमिफाइनलमा कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी अल्लु अर्जुनको ‘पुष्पा २’ ले रिलिजअघि नै कमायो १०८५ करोड पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर दुई हजार छ सय २७ दशमलव १४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९९ अङ्कले ओरालो लागेर चार सय ७४ दशमलव २६ मा सिमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ ।

कूल एक करोड २२ लाख ८३ हजार छ सय २३ कित्ता शेयर रु पाँच अर्ब ४१ करोड ९१ लाख चार हजार एक सय ५७ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार नेपाल एसबिआई बैंक नौ दशमलव ७५, पिपल्स पावर सात दशमलव ८८, सनराइज ब्ल्यूचिप फण्ड सात दशमलव ६७, समृद्धि फाइनान्स कम्पनी छ दशमलव १८ र आरबिबी म्युचुअल फण्ड–एकका लगानीकर्ताले छ दशमलव शून्य एक प्रतिशतले कमाएका छन् ।

रावा इनर्जी १०, एनआइबिएल समृद्धि फण्ड–दोस्रो पाँच दशमलव ७३, कर्पोरेट डेभलपमेन्ट बैंक चार दशमलव ९०, गुडविल फाइनान्स चार दशमलव ५१ र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव २१ प्रतिशतले गुमाएका छन् ।