४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘काठमाडौंलाई मागिखाने सहर हो भनेर विश्‍वलाई किन चिनाउने’

‘काठमाडौंलाई मागिखाने सहर हो भनेर विश्‍वलाई किन चिनाउने’
अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई मागिखाने सहर हो भनेर विश्‍वलाई चिनाउने काम नगर्न आग्रह गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले निःशुल्क खाना खुवाउने कार्यप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको बताएका हुन् । 

महानगरले कोभिड–१९ का कारण प्रभावित भएका नगर क्षेत्रभित्र रहेका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्नेलाई सुरुदेखि नै सहयोग गर्दै आइरहेको पनि मेयर शाक्यले दाबी गरे । महानगरपालिकाले लकडाउन अवधिभर ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने काम गरेको पनि मेयर शाक्यले बताए ।

मेयर शाक्यले भने, ‘हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरी खाना खान पाउनुपर्छ, काठमाडौं महानगर यो मान्यतामा दृढ छ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न ।’

कोरोना महामारीका कारण समस्यामा परेका श्रमिक, गरिब र असहायको सेवामा निरन्तर खटिएका विभिन्न संघ–संस्था र व्यक्तिलाई अहिलेसम्म गरेको मानवीय सेवाका लागि धन्यवाद दिँदै महानगरपालिकासँग समन्वय गर्न पनि मेयर शाक्यले आग्रह गरेका छन् ।

कुनै पनि मानवीय सेवा यदि स्वच्छभाव र स्वार्थरहित ढंगले प्रदान गरिएको छ भने त्यसलाई आडम्बरपूर्ण सार्वजनिक प्रदर्शनको विषय बनाउन आवश्यक नरहेको पनि शाक्यले बताए ।

स्वास्थ्य मापदण्डलाई समेत ध्यानमा राखी सुरक्षितपूर्वक असल हेतुले त्यस्ता नागरिकलाई खाना खुवाउने कार्यमा काठमाडौं महानगरपालिका विगतका दिनमा सक्रिय रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य गर्न काठमाडौं महानगरपालिका सदैव तयार रहेको शाक्यले बताए ।

बढी भीडभाड हुने र सार्वजनिकस्थलमा अस्वस्थ र असुरक्षित ढंगले खाना खुवाउने काम भइरहेको भन्दै मेयर शाक्यले त्यसलाई व्यवस्थित र विकल्प खोज्न अनुरोध गरेका छन् ।