• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार

‘काठमाडौंलाई मागिखाने सहर हो भनेर विश्‍वलाई किन चिनाउने’



काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई मागिखाने सहर हो भनेर विश्‍वलाई चिनाउने काम नगर्न आग्रह गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले निःशुल्क खाना खुवाउने कार्यप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको बताएका हुन् । 

महानगरले कोभिड–१९ का कारण प्रभावित भएका नगर क्षेत्रभित्र रहेका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्नेलाई सुरुदेखि नै सहयोग गर्दै आइरहेको पनि मेयर शाक्यले दाबी गरे । महानगरपालिकाले लकडाउन अवधिभर ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने काम गरेको पनि मेयर शाक्यले बताए ।

मेयर शाक्यले भने, ‘हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरी खाना खान पाउनुपर्छ, काठमाडौं महानगर यो मान्यतामा दृढ छ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न ।’

कोरोना महामारीका कारण समस्यामा परेका श्रमिक, गरिब र असहायको सेवामा निरन्तर खटिएका विभिन्न संघ–संस्था र व्यक्तिलाई अहिलेसम्म गरेको मानवीय सेवाका लागि धन्यवाद दिँदै महानगरपालिकासँग समन्वय गर्न पनि मेयर शाक्यले आग्रह गरेका छन् ।

कुनै पनि मानवीय सेवा यदि स्वच्छभाव र स्वार्थरहित ढंगले प्रदान गरिएको छ भने त्यसलाई आडम्बरपूर्ण सार्वजनिक प्रदर्शनको विषय बनाउन आवश्यक नरहेको पनि शाक्यले बताए ।

स्वास्थ्य मापदण्डलाई समेत ध्यानमा राखी सुरक्षितपूर्वक असल हेतुले त्यस्ता नागरिकलाई खाना खुवाउने कार्यमा काठमाडौं महानगरपालिका विगतका दिनमा सक्रिय रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य गर्न काठमाडौं महानगरपालिका सदैव तयार रहेको शाक्यले बताए ।

बढी भीडभाड हुने र सार्वजनिकस्थलमा अस्वस्थ र असुरक्षित ढंगले खाना खुवाउने काम भइरहेको भन्दै मेयर शाक्यले त्यसलाई व्यवस्थित र विकल्प खोज्न अनुरोध गरेका छन् ।