८ कार्तिक २०८१, बिहीबार
,
Latest
नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो दक्षिण अफ्रिकी बलर ल्याङ्ग चितवन राईनोजमा को हो ५ करोड ९२ लाखमा नेपाल प्रिमियर लिगको कमर्शियल अधिकार किन्ने ब्रान्ड लजिक ? लुम्बिनी प्रदेश सरकारका तीन मन्त्रीद्वारा पद तथा गोपनियताको शपथ ग्रहण को हुन् रोहित शर्मा र डेभिड मिलरको कीर्तिमान तोड्ने सिकन्दर रजा ? ‘दुखियाको हाँसोमा ईश्वरको बास’ सरकार विपक्षी दलको नेतालाई छानिछानि जेल हाल्दैछः माओवादी खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति उपलब्ध जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउँछौँः स्वास्थ्यमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नन्दन फाडनिस लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नियुक्त



अ+ अ-

काठमाडौँ । लुम्बिनी लायन्सले आगामी नेपाल प्रिमियर लिगका लागि नन्दन फाडनिसलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।

गोवा क्रिकेट संघमा खेलाडीहरूलाई प्रशिक्षण गरेका फाडनिसले यो भन्दा अगाडि नेपालको राष्ट्रिय क्रिकेट टिमलाई पनि प्रशिक्षण गरिसकेका छन् ।

यसबारे बोल्दै हेड कोच नन्दन फाडनिसज्युले भने, “लुम्बिनी लायन्स क्लबमा हेड कोचको रुपमा समावेश हुन पाउँदा म अत्यन्तै उत्साहित छु । रोहित पौडेलको कुशल नेतृत्वमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।’

त्यस्तै क्लबका मालिक इश्वर जिसीले भने, ‘नन्दन फाडनिसलाई हेड कोचको रुपमा नियुक्त गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । उहाँले नेपाल र भारत दुवैको क्रिकेट र क्रिकेटरहरुलाई राम्रोसँग नियाल्नु भएको हुँदा क्लबको आगामी रणनिती तय गर्न निकै सहज हुनेछ । त्यस्तै भारतको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा पनि प्रशिक्षण गरेको उहाँको अनुभवले हाम्रा खेलाडीहरुलाई विजय हासिल गर्न राम्रो मार्गदर्शन प्राप्त हुनेमा हामी विश्वस्त छौं ।’

फाडनिसको उपस्थितीले लुम्बिनी लायन्सले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास क्लबले लिएको छ ।