२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाले अक्टोबरमा तीन हजार सेना रूस पठाएको अमेरिकाको दाबी



अ+ अ-

एजेन्सी । उत्तर कोरियाले कम्तिमा तीन हजार उत्तर कोरियाली सेना अक्टोबरमा रूसमा पठाएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका अनुसार उनीहरू युक्रेन विरुद्धको लडाइँमा सहभागी हुने अत्यधिक सम्भावना रहेको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सञ्चार सल्लाहकार जोन किर्बीले बुधबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उत्तर कोरियाली सैनिकहरू युक्रेनसँग लड्न रुस जाँदैगरेको सार्वजनिक सुचना पाएको बताउनु भएको छ ।

सेना उत्तर कोरियाको वोनसनबाट रूसको भ्लाडिभोस्टोकसम्म जहाज मार्फत गएको बताउदै हाल उनीहरु रूसी सैन्य प्रशिक्षणमा रहेको बताउनु भएको छ । प्रशिक्षण पछि सैनिकहरूले युक्रेनी सेनाविरुद्ध लडाइँमा संलग्न हुन सक्ने चिन्ता उहाँले व्यक्त गर्नु भएको छ ।

किर्बीले अमेरिकाले युक्रेनी सरकारलाई उनीहरूको अवस्था बारेमा जानकारी दिएको बताउदै उत्तर कोरियाले मस्को र किभबिचको द्वन्द्वमा प्रवेश गरेमा युद्धमा रूस कायरतालाई उजागर गर्ने उल्लेख गर्नु भएको छ ।

युक्रेनविरुद्धको युद्धमा रुसले हरेक दिन असाधारण हताहत भोगिरहेको बताउदै किर्बीले अझै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावको विपरित युक्रेनसँग द्वन्द्व जारी राख्न चाहेको बताउनु भएको छ ।

ह्वाइट हाउसका वरिष्ठ अधिकारीले युद्धका लागि युक्रेनलाई अमेरिकी सहयोगको बारेमा कुरा गर्दै अमेरिका युक्रेनलाई थप युद्व सामाग्रीहरू प्रदान गर्ने तयारीमा रहेको बताउनु भएको छ । उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई सहयोग गर्न कटिबद्ध रहेकोसमेत जानकारी दिनु भएको छ ।

युक्रेनका लागि अमेरिकी समर्थनको पुष्टि गर्दै उहाँले आगामी दिनमा अमेरिकाले युक्रेन विरुद्ध रुसको युद्धका समर्थकलाई लक्षित गरी महत्वपूर्ण प्रतिबन्धको घोषणा गर्ने जनाउनु भएको छ ।