५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाले बायर्नलाई हरायो



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनी क्लब बार्सिलोनाले सानदार जित निकालेको छ ।

गएराती भएको खेलमा बार्सिलोनाले जर्मन महारथी बायर्न म्युनिखलाई ४-१ गोलले हराएको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन राफिन्हाले ह्याट्रिक गरे भने एक गोल रोबर्ट लेवान्डोस्कीले गरे । बायर्नका ह्यारी केनले एक गोल फर्काए ।

खेलको सुरुवाती मिनेटमा नै अर्थात् पहिलो मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १८ औं मिनेटमा केनले गोल गर्दै बायर्नलाई १-१ को बराबरीमा ल्याएका थिए ।

३६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २-१ ले अघि बढाए । त्यसपछि ४५ औं र ५६ औं मिनेटमा गोल गर्दै राफिन्हाले ह्याट्रिक पूरा गरे ।

यो नतिजापछि बार्सिलोनाले ३ खेलबाट ६ अङ्क जोडेको छ भने बायर्नको ३ अङ्क छ ।