२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

भक्तपुर औद्योगिक क्षेत्रलाई उपत्यकाबाहिर स्थानान्तरण गर्न माग

भक्तपुर औद्योगिक क्षेत्रलाई उपत्यकाबाहिर स्थानान्तरण गर्न माग
अ अ+ अ-

भक्तपुर। देशका विभिन्न क्षेत्रका बासिन्दा आफ्नो गाउँठाउँमा उद्योगधन्दा स्थापना गर्न माग गरिरहेका छन् । तर, भक्तपुरका बासिन्दाले भने भक्तपुर औद्योगिक क्षेत्रलाई उपत्यकाबाहिर स्थानान्तरण गर्न माग गरेका छन् । औद्योगिक प्रदूषणले जनजीवनमा असर परेको उनीहरूको भनाइ छ । भक्तपुर नगरपालिका–२ स्थित औद्योगिक क्षेत्रका कारण आसपासका बस्तीमा प्रदूषण फैलिएको भन्दै स्थानीयले बर्सेनि स्थानान्तरणको माग गर्दै आएका छन् । यसपटक पनि औद्योगिक क्षेत्रको अवलोकनका लागि पुगेका उद्योग राज्यमन्त्री मोतीलाल दुगडसँग औद्योगिक क्षेत्र सार्नुपर्ने माग स्थानीयले दोहोर्‍याएका हुन् । यहाँका उद्योगले प्रदूषण फैलाएको गुनासो आएपछि केही दिनअघि संघीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसहित स्थानीय जनप्रतिनिधिको टोलीले उद्योगको अवस्थाको अनुगमन गरेको थियो । 

अनुगमनपछि जनप्रतिनिधिले उद्योगहरूले ध्वनि र धुवाँ प्रदूषण फैलाएको, कपडा बुन्ने अधिकांश मेसिन बन्द अवस्थामा रहेको र उद्योगको संरचना अस्तव्यस्त रहेको, ध्वनि र धुवाँ प्रदूषण नियन्त्रण हुने कुनै पनि प्रविधि नअपनाएको पाइएको प्रतिवेदन दिएका छन् । सांसद सुवाल र मेयर प्रजापतिसहितको टोलीले राज्यमन्त्री दुगडलाई भेटेर प्रतिवेदनसहित औद्योगिक क्षेत्रमा मनोमानी गर्ने उद्योगलाई कार्बाही र दिगो व्यवस्थापनका लागि आग्रह गरेका थिए । बुधबार स्थलगत अवलोकनका लागि औद्योगिक क्षेत्रमा पुगेका राज्यमन्त्री दुगडलाई मेयर प्रजापतिले ध्यानाकर्षण पत्र बुझाउँदै नगरपालिका कार्यालयसँगै रहेको औद्योगिक क्षेत्रका कारण ध्वनि र धुवाँ प्रदूषण भएकाले स्थानान्तरण गर्न माग गरेका छन् । सरकारले आर्थिक वर्ष ०७३र७४ को बजेटमा कार्यगत नीतिका रूपमा काठमाडौं उपत्यकाभित्र रहेका औद्योगिक क्षेत्रलाई उपत्यकाबाहिर स्थानान्तरण गर्ने उल्लेख गरेको थियो । 

उपत्यकामा घना सहरभित्र भक्तपुरसहित बालाजु र पाटन औद्योगिक क्षेत्र सञ्चालित छन् । उद्योग क्षेत्रका बासिन्दाले औद्योगिक क्षेत्रका कारण प्रदूषण बढेको गुनासो गर्दै सार्न माग गरिरहेका छन् । तर, अहिलेसम्म कुनै पनि औद्योगिक क्षेत्रलाई स्थानान्तरण गर्ने काम अघि बढेको छैन । औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको ध्वनि र धुवाँ प्रदूषणले स्थानीय जनस्वास्थ्यमा प्रतिकूल असर पुर्‍याएको भन्दै पटक–पटक जनगुनासो आउने गरेको मेयर प्रजापति बताउँछन् । औद्योगिक क्षेत्रका कारण आसपासका इँताछेँ, खौमा, ब्यासी, भक्तपुर नगरपालिका कार्यालय वरपरका जनतालाई समेत घरमा बस्न नहुने गरी असर पुर्‍याएको उनको भनाइ छ । जनप्रतिनिधिले अनुगमनका क्रममा नेपो इन्डस्ट्रिजले स्वचालित टेक्सटाइल मेसिन र डाइङ मेसिन गैरकानुनी ढंगले सञ्चालन गरिरहेको पाइएपछि तत्कालै बन्द गर्न माग गरेका छन् । नगरपालिकाले औद्योगिक व्यवस्थापन कार्यालयले स्थानीय सरकारबाट अनुमति प्राप्त उद्योगहरू मात्र भक्तपुर औद्योगिक क्षेत्रमा सञ्चालन गर्न अनुमति दिनुपर्ने र अनुमति प्राप्त उद्योगले नगरपालिकालाई तोकिएबमोजिम कर तिर्नुपर्नेलगायत माग गरेको छ । 

उद्योग राज्यमन्त्री मोतीलाल दुगडले भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरण गर्ने विषयमा उद्योगपति र पीडित जनताको मागअनुरूप सम्बन्धित सरोकारवालासँग छलफल गरी समस्या समाधानतर्फ अग्रसर हुने बताए । ‘मानव बस्ती बीचमा सञ्चालित उद्योग क्षेत्र काठमाडौं उपत्यकाबाहिर स्थानान्तरण गर्ने मन्त्रालयको नीति नै छ, अब मन्त्रालयको संयोजकत्वमा सरोकारवाला पक्षहरू राखेर समिति गठन गर्छौं, समितिले नै प्रक्रिया अघि बढाउँछ,’ उनले भने ।  सांसद प्रेम सुवालले सरकारले आर्थिक वर्ष ०७३/७४ को बजेटमै काठमाडौं उपत्यकाका औद्योगिक क्षेत्रहरू स्थानान्तरण गर्ने घोषणा गरेको भन्दै औद्योगिक क्षेत्रभित्र सञ्चालित नेपो इन्डस्ट्रिजबाट हुने ध्वनि प्रदूषणबाट स्थानीय जनता पीडित भएकाले त्यसलाई स्थानान्तरण गर्नुपर्ने बताए । 

सुरुमा भक्तपुर घरेलु तथा साना उद्योगको नाममा सञ्चालित भक्तपुर औद्योगिक क्षेत्रमा हाल ठुल्ठूला मेसिनहरूबाट अत्यधिक ध्वनि तथा धुवाँलगायत प्रदूषण भइरहेको उनको भनाइ थियो । मेयर प्रजापतिले भने औद्योगिक क्षेत्र सञ्चालित जग्गा नगरपालिकालाई हस्तान्तरण गर्न पनि माग गरे । ‘सरकारले अधिग्रहण गर्दा यहाँ कुटिर र हस्तकला उद्योग थिए, त्यसैले यहाँ स्थानीय सरकारको हक लाग्छ,’ उनले भने । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार भक्तपुर औद्योगिक क्षेत्रभित्र कपडा, छपाइ, दुग्धजन्य, दाना, मसला, खाजानास्ता, पस्मिना, प्लास्टिक, पिठो, सेरामिक्स, चल्ला र हौजियारीलगायत ४० वटा उद्योग सञ्चालित छन् । नयाँ पत्रिका दैनिक