७ श्रावण २०८३, बिहीबार
,
Latest
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणाधिन कालीगण्डकी करिडोरमा कार्यरत ५ मजदुरको पहिरोमा पुरीएर मृत्यु



symbolic picture
अ+ अ-

नवलपरासी । पूर्वी नवलपरासीमा बुधबार सांझ निर्माणाधिन कालीगण्डकी करिडोरमा कार्यरत ५ मजदुरको पहिरोमा पुरीएर मृत्यु भएको छ । जिप्रका नवलपरासी पूर्वले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बुलिड।गटार ४ का २० वर्षीय गोपाल गरञ्जा, ४२ वर्षीय सुन बहादुर पुलामी रहेकाछन् ।

यसै गरी बर्ष २० का तारा बहादुर लुंगेली, २० वर्षकै चेत बहादुर अस्लामी र २९ वर्षीय तुल बहादुर सारुको पहिरोमा परेर मृत्यु भएको छ । घाईते हुनेमा बुलिड।गटार ४ कै १९ वर्षीय केवल सिंह लुड।गेली र २१ वर्षका केवल सिंह लुड।गेली रहेको प्रहरीले जनाएको छ ।
एकै वडाका मजदुरहरुलाई स्थानीय वडा नं. ३ को सखुवा भन्ने स्थानमा सडक छेउमा जाली भर्दै गर्दा माथि बाट खसेको सुख्खा पहिरोले एका एक पुरेको थियो ।

पहिरोमा पुरिएका मजदुरहरुको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । नेपाल समाचारपत्र दैनिक