७ कार्तिक २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: आर्सनल विजयी



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा ईंग्लिश क्लब आर्सनलले जित निकालेको छ ।

गएराती भएको खेलमा आर्सनलले युक्रेनी क्लब शाख्तार डोनेट्स्कलाई १-० गोलले हराएको हो ।

घरेलु टोलि आर्सनलको जितमा एकमात्र गोल खेलको २९ औं मिनेटमा भएको थियो ।

आर्सनलका गाब्रीयल मार्टिनेलीको सशक्त प्रहार गोलपोस्टमा लागेर फर्कीएर शाख्तारका गोलकिपर दिमित्रो रिज्नीकलाई लाग्दै गोलमा परिणत भएको थियो ।

जितपछि आर्सनलले ३ खेलबाट ७ अङ्क जोडेको छ भने शाख्तारको १ अङ्कमात्रै छ ।