१२ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिनिसियसको ह्याट्रिकमा रियलले डर्टमण्डलाई हरायो



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनी क्लब रियल मड्रिडले सानदार जित निकालेको छ ।

गएराती भएको खेलमा रियलले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ५-२ गोलले हराएको हो ।

घरेलु मैदानमा २-० गोलले पछि परेको रियलले पुनरागमन गर्दै जित निकाल्न सफल भयो । उसका लागि भिनिसियस जुनियरले ह्याट्रिक गरे ।

खेलको खेलको ३० औं मिनेटमा डोनिल मालेनले तथा ३४ औं मिनेटमा जेमि गिटेन्सले गोल गर्दै डर्टमण्डलाई २-० को अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा रियल खेलमा फर्कियो । ६० औं मिनेटमा एन्टोनी रुडिगरले गोल गरे भने ६२, ८६ र ९०+३ मिनेटमा गोल गर्दै भिनिसियसले ह्याट्रिक पुरा गरे ।

८३ औं मिनेटमा लुकास भाजक्वेजले गोल गरे । रियल र डर्टमण्ड दुबैको ३ खेलबाट ६ अङ्क छ ।