७ श्रावण २०८३, बिहीबार
,
Latest
सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना परीक्षण र उपचारमा शुल्क लिन नपाउने



अ+ अ-

काठमाडौं । कोरोना परीक्षण र उपचारमा शुल्क लिन पाउने बाटो बन्द भएको छ । कोरोना संक्रमण परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गरिपाउँ भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । यसअघि सर्वोच्चले जारी गरेको परामदेश नै अन्तिम हुने फैसला सुनाउँदै अदालतले पुनरावलोकनको सरकारी निवेदन खारेज गरेको हो । सर्वोच्चले १५ असोजमा पिसिआर जाँच र संक्रमितको उपचार निःशुल्क गर्नू भन्दै सकारका नाममा परमादेश जारी गरेको थियो । तर, सरकारले भने परीक्षण र उपचारको शुल्क लिन पाउनुपर्ने जिकिर गर्दै अदालतको निर्णय पुनरावलोकन गर्न १७ कात्तिकमा निवेदन दिएको थियो ।

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले मन्त्रालयले दिएको पुनरावलोकन निवेदनलाई अघि नबढाउन आदेश दिएको हो । यो आदेशसँगै परीक्षण र उपचारमा शुल्क लिन पाउने बाटो बन्द भएको छ । यससँगै अदालतले स्वास्थ्य मन्त्रालय र मन्त्री भानुभक्त ढकालसँग परीक्षण र उपचार निःशुल्क गर्न दिएको आदेश कार्यान्वयन नगर्नुको कारण मागेको छ । अदालतको आदेश पालना नगरेर अदालतको अवहेलनाको कसुरमा कारबाही किन नगर्ने भन्दै मन्त्री ढकाल र मन्त्रालयलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न सर्वोच्चले आदेश दिएको छ ।

परीक्षण र उपचार निःशुल्क गर्न १५ असोजमा दिएको आदेश सरकारले कार्यान्वयन नगरेको भन्दै अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारलाई सात दिनभित्र सर्वोच्चको आदेश कार्यान्वयन नगर्नुको कारण पेस गर्न मन्त्री ढकाल र मन्त्रालयलाई आदेश दिएको हो । सर्वोच्चले अदालतको अवहेलनामा कारबाही र सजाय किन हुनु नपर्ने हो सजाय हुन नपर्ने कुनै आधार र कारण भए सम्पूर्ण व्यहोरा खुलाई सात दिनभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न मन्त्री ढकाल र मन्त्रालयलाई आदेश दिएको छ । नयाँ पत्रिका दैनिक