७ श्रावण २०८३, बिहीबार
,
Latest
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने मैले सजिलै जित्छु : ट्रम्प



अ+ अ-

वासिङटन । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले जारी मतगणनामा ‘वैध मतहरू’ मात्र गणना गरिए आफूले सजिलै जित्ने दाबी गरेका छन्। बिहीबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन्। ‘यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने मैले सजिलै जित्छु’ उनले भनेका छन्। राष्ट्रपति ट्रम्पले चुनावमा धादली भएको दोहो¥याउँदै यस्तो बताएका हुन्। उनले हुलाकमार्फत् गरिएको मतदान ‘एकतर्फी’ भएको समेत दाबी गरेका छन्। बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले चुनावी मतदानअघि सञ्चारमाध्यमले गरेका जनमत सर्वेक्षणलाई ‘चुनावी हस्तक्षेप’को संज्ञा दिएका छन्।

‘संयमित’ हुन बाइडनको आग्रह
राष्ट्रपति ट्रम्पले पत्रकारहरूलाई सम्बोधन गर्नु पहिले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले सम्बोधन गर्दै मानिसहरूलाई ‘संयमित’ हुन आग्रह गरेका छन्। ‘लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ’, उनले भने, ‘तर पक्रियाले काम गरिरहेको छ।’ यस्तै उनले प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिएका छन्। प्रत्येक मतको गणनापछि आफ्नो जित हुनेमा आफू ढुक्क रहेको बताएका छन्। 

पचास मध्ये ४४ वटा राज्यको नतिजा घोषणा हुँदा बाइडनले २५३ इलेक्टरल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्टरल मत प्राप्त गरेका छन्। अमेरिकी राष्ट्रपति पदमा निर्वाचित हुनका लागि ५३८ इलेक्टरल कलेजका प्रतिनिधिमध्ये २७० इलेक्टरल प्रतिनिधि आवश्यक पर्छ।
(बीबीसी)