५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीलाई हराउँदै लिभरपुल शीर्षस्थानमा यथावत



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले चेल्सीलाई २-१ गोलले हराएको हो ।

घरेलु मैदान एन्फिल्डमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र कर्टिस जोन्सले गोल गरे । चेल्सीका निकोलस ज्याक्सनले गोल गरेपनि उनको गोल सान्त्वना गोल भयो ।

सलाहले २९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए ।

४८ औं मिनेटमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई १-१ को बराबरीमा ल्याए । तर, ५१ औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई पुन २-१ गोलले अघि बढाए । त्यसपछि गोल निस्किन सकेन र लिभरपुल विजयी बन्यो ।

यो नतिजापछि लिभरपुल ८ खेलबाट २१ अङ्कका साथ शीर्षस्थानमा यथावत छ । चेल्सी १४ अङ्कका साथ छैटौं स्थानमा छ ।