३ कार्तिक २०८१, शनिबार
,
Latest
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण ! चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा रातारात जन्मेको कुनैपनि पार्टीले देश र जनताको हित गर्न सक्दैन: विप्लव माओवादी पार्टीहरुलाई एकतावद्ध गराएर २०६४ मा फर्काउँछौं: अध्यक्ष दाहाल एकीकृत समाजवादी एमालेसँग एकीकरण गर्नुपर्छ: नेता मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी: जनार्दन शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि नयाँ ढंगले सोच्न जरुरी रहेको बताउनुभएको छ ।

शनिवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही असन्तुष्टिका कारण तितरवितर भएको माओवादी आन्दोलनलाई एकतावद्ध गर्न ठूलो छाति गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले जनजीविकाको सवालमा आज जनताले प्रश्न गरिरहेको भन्दै प्रश्नको सम्बोधन गर्नु राजनीतिक दलहरुको दायित्व भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनजीविकाको सवालमा आज जनताले प्रश्न गरिरहेका छन् । हामीसँग असन्तुष्टि व्यक्त गरिरहेका छन् । हामीलाई प्रश्न सोधिरहेका छन् । आज एउटा गरिवको छोराले रोजगारी पायो की पाएन ? आज एउटा पीडित वर्गका बालबालिकाहरुले रोजगारी, सहज शिक्षा पायो की पाएन ? आज सरल रुपमा गुणस्तरीय उपचार पायो की पाएन भन्ने विषयहरु आज तेर्सिएका छन् । राजनीतिक पार्टीहरुका अगाडि तेर्सिएका प्रश्न हुन् । माओवादीका लागि तेर्सिएका प्रश्न हुन् । यि कुराहरुको सम्बोधन आज जनताले चाहेका छन् । जनजीविकाको सवाललाई सम्बोधन गर्न सक्नु आजका राजनीतिक पार्टी र हाम्रो पार्टीको मुख्य काम हो ।’

उपमहासचिव शर्माले समावेशी र संघीयताका मुद्दालाई वर्तमान गठबन्धनले नजरअन्दाज गरेको आरोप लगाउनु भयो ।