२ कार्तिक २०८१, शुक्रबार
,
Latest
सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी पक्राउ पुर्जी जारी गरेपछि रविको स्टाटस ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ सरकारलाई सांसदहरुको ध्यानाकर्षण: ‘जनतालाई राहत दिने नाममा हुने ठगी नियन्त्रणमा ध्यान देउ’ रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह महिला साफ च्याम्पियनसिप फुटबलः श्रीलङ्काले माल्दिभ्सलाई हरायो प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी महिला स्वास्थ्य स्वयंसेविकाले कार्तिक १५ देखि सार्वजनिक यातायात चढेको पैसा तिर्न नपर्ने सन्दीपले पाए अमेरिकाको भिसा, आजै उड्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै



बाजुराको बडीमालिका नगरपालिका–३ रजालीमा शुक्रबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै महिला स्वास्थ्य स्वयमसेविका तुला खड्का । तस्बिरः प्रेम रौले÷रासस
अ+ अ-

काठमाडौँ । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले कात्तिक २ र ३ गते ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिने बताउनुभयो ।

उहाँले सात सय ५३ स्थानीय तहमा यस्को व्यवस्था रहेको जनाउँदै पायकपर्ने स्थान विद्यालय, वडा कार्यालयमा स्वस्थ्य स्वयंसेविकालाई परिचालन गरिएको बताउनुभयो । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ ।

उहाँले भन्नुभयो,“बालबालिकाको सर्वाङ्गीण विकासको लागि खोप र पोषण दुवै अपरिहार्य आवश्यक छ । ६ महिनादेखि ५ वर्ष मुनिका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक देखि पाँच वर्ष मुनिका बालबालिकालाई १८ देखि १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य लिएका छौँ ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसकाबारेमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।