५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको फराकिलो जित



अ+ अ-

काठमाडौँ । विश्वकप छनोट अन्तर्गत अजेन्टिनाले सानदार जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६-० गोलले हराएको हो ।

अर्जेन्टिनालाई फराकिलो जित दिलाउन लियोनल मेसीले ह्याट्रिक गरे । यस्तै, लौटारो मार्टिनेज, युलियन अल्भारेज र थियागो अल्माडाले एक एक गोल गरे ।

खेलको १९ औं मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

यस्तै पहिलो हाफको इन्जुरी समयमा अल्भारेजले गोल गर्दा अजेन्टिना ३-० गोलले अगाडि रह्यो । त्यस्तै, दोस्रो हाफमा अर्जेन्टिनाले ३ गोल थप्यो । ६९ औं मिनेटमा अल्माडाले गोल गरे भने ८४ औं र ८६ औं मिनेटमा मेसीले गोल गर्दै ह्याट्रिक पूरा गरे ।

जितसँगै १० खेलबाट २२ अंकसहित अर्जेन्टिना तालिकाको शीर्षस्थानमा छ । बोलिभिया १२ अंकसहित सातौं स्थानमा छ ।