२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ प्रसारण लाइनलाई सर्वेक्षण अनुमति



अ+ अ-

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा २० ओटा नयाँ विद्युत् प्रसारण लाइन आयोजनाले विद्युत् विकास विभागबाट सर्वेक्षण अनुमतिपत्र पाएका छन् । विभागका अनुसार ४०० केभीका ६ ओटा प्रसारण लाइनले सर्वेक्षणको अनुमतिपत्र पाएका छन् । उक्त ६ प्रसारण लाइनको कुल लम्बाइ ३८३ दशमलव ५ किलोमीटर रहेको छ ।

२२० केभीको १, १३२ केभीको ७ र ३३ केभीको ६ प्रसारण लाइनले सर्वेक्षणको अनुमति पाएको विभागको भनाइ छ । बिभागका अनुसार यी प्रसारण लाइनको कुल लम्बाइ क्रमशः ४९ किलोमीटर, १७३ किलोमीटर ६३ दशमलव ७ किलोमीटर रहेको छ । गत आवको पहिलो त्रैमासमा ८ आयोजनाले मात्रा सर्वेक्षणको अनुमति पाएका थिए । त्यो अनुसार चालू आवमा सर्वेक्षणको अनुमति पाउने प्रसारणलाइन आयोजनाको संख्या बढेको छ ।

बिभागको महानिर्देशक नवीनराज सिंहले ‘फास्ट ट्र्याक’मा काम गर्दा सर्वेक्षणको अनुमति पाउने प्रसारण लाइन बढेको बताए । ‘पहिला यससम्बन्धी आवेदन डेढ वर्षसम्म पेन्डिङमा बस्थे । तर, अहिले त्यस्तो अवस्था छैन,’ उनले भने, ‘फास्ट ट्र्याकमा काम गर्न थालेपछि प्रवद्र्धक कम्पनीहरूले छोटो समयमा नै लाइसेन्स पाउन थालेका छन् । अब सीमित कम्पनीमात्र लाइसेन्सको पर्खाइमा छन् ।’

उनका अनुसार असोजपछि पनि २ आयोजनाले सर्वेक्षणको अनुमति पाइसकेका छन् । त्यसमा ३३ केभीको खिम्ती घ्वाङ खोला र १३२ केभीको इकुवा खोला प्रसारण लाइन रहेका छन् । अब ३३ केभीको गेलुन खोला, २२० केभीको तामाकोशी भी र १३२ केभीको अपर मोदी कोरिडोर प्रसारण लाइनले मात्र सर्वेक्षणको अनुमति पाउन बाँकी रहेको उनको भनाइ छ । चालू आर्थिक वर्षको हालसम्म २२ प्रसारण लाइनले सर्वेक्षणको अनुमतिपत्र प्राप्त गरिसकेका छन् ।

अनुमतिप्राप्त प्रवर्द्धक कम्पनीहरूले २ वर्षभित्र आयोजनाको सर्वेक्षण र वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन तयार गरेर विभागमा बुझाउनुपर्ने हुन्छ । यद्यपि, यसका लागि ३ पटकसम्म १र१ वर्षको म्याद थप गर्ने मिल्न व्यवस्था छ । यसरी सर्वेक्षण र वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन प्राप्त भएपछि विभागले प्रसारण लाइन निर्माणको अनुमति दिन सक्छ ।

अहिले सर्वेक्षणको अनुमति पाउने आयोजनाहरूमध्ये नेपाल विद्युत् प्राधिकरणको चारओटा छन् । प्राधिकरणको ४०० केभीको न्यू बुटवल लमही कोहलपुर, २३१ केभीको छिन्चु सुर्खेत, १३२ केभीको बाफीकोट–खुङरी र ४०० केभीको कोहलपुर न्यू अत्तरिया प्रसारण लाइनले सर्वेक्षणको अनुमति पाएको हो । यस बाहेकका प्रसारण लाइन भने निजीक्षेत्रका हुन् ।

प्राधिकरणको आयोजनाबाहेक ४०० केभी प्रसारण लाइनको अनुमति पाउने आयोजनाहरूमा अप्पर अरुण, फुकोट–तन, धाकारी–बाघमारा बेतन कर्णाली, बझाङ–वेस्ट सेती प्रसारण लाइन रहेका छन् । यस्तै, २२० केभीको प्रसारण लाइनअन्तर्गत लाप्चे खोला प्रसारणलाइन आयोजना रहेको छ ।

१३२ केभीको प्रसारण लाइनअन्तर्गत अप्पर बाह्रमायनी, मिडिल मोदी, मदामे खोला, अपर टाडी, चमेलिया प्रसारण लाइन रहेका छन् । यस्तै, ३३ केभीको प्रसारण लाइनअन्तर्गत कालीखोला सोलार पिभीप्लायन्ट, अपर पिलुवा थ्री एचपीपी र घलेम्दी खोला प्रसारण लाइन रहेका छन् । सोही भोल्टेज लेभलकै अप्पर पिलुवापोला २, अपर फ्हावा खोला र हिटी एसरएस– मेवा एचईपी– मिडिल मेवा एचईपी प्रसारण लाइनले पनि सर्वेक्षणको अनुमति पाएको विभागको भनाइ छ ।

चालू आवको हालसम्म ८ आयोजनाले निर्माणको अनुमति पनि पाएका छन् । विभागका अनुसार १३२ केभीको ५ र ३३ केभीको ३ आयोजनाले निर्माको अनुमति पाएका हुन् ।

विभागका अनुसार १३२ केभी प्रसारण लाइनअन्तर्गत अप्पर सोलुखोला, दोर्दी १ सिंगल सर्किट, होङसी सिमेन्ट मलेखु, तल्लो लिखु र लिखु १ प्रसारण लाइनले निर्माणको अनुमति पाएका हुन् । यस्तै, ३३ केभी अन्तर्गत माकरी गाड, सुर्खेत गानगेट मटेला र अप्पर माइलुङ प्रसारण लाइनले निर्माणको अनुमति पाएका हुन् । उनीहरूले प्राप्त गरेको अनुमति पत्रको अवधि ३५ वर्षको रहेको छ । त्यसपछि उक्त प्रसारण लाइन सरकारको नै हुनेछ ।, समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।