७ श्रावण २०८३, बिहीबार
,
Latest
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्क्रमितको उपचारमा रोबर्ट



अ+ अ-

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरस सङ्क्रमितको उपचारमा नर्सिङ रोबर्ट प्रयोग गर्दै आएको छ । अस्पतालमा उपचारार्थ कोरोना सङ्क्रमितका लागि नर्सिङ रोबर्ट सारथि बन्नुका साथै यसको प्रयोगले अस्पतालका स्वास्थ्यकर्मी लगायत अन्य व्यक्तिका लागि सहज भएको छ ।

कोरोना सङ्क्रमितसँग डाक्टर, नर्स लगायतका अन्य व्यक्तिको सम्पर्क कम होस् भन्नका लागि नगरपालिकाले नगर अस्पतालमा नर्सिङ रोबर्ट प्रयोगमा ल्याएको हो । अस्पतालले नर्सिङ रोबर्ट सञ्चालनमा ल्याएसँगै डाक्टर, नर्स र अस्पतालमा सेवा लिन आउने व्यक्तिले सुरक्षित महसुस गरेका छन् । सङ्क्रमितलाई आवश्यक पर्ने खाना, पानी, लत्ताकपडा, औषधि लगायतका वस्तु बाहिर ढोकैमा राख्ने र निर्देशन अनुसार रोबर्टले ढोकादेखि बिरामीको बेडसम्म पु¥याउने गरेको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अस्पतालमा नर्सिङ रोबर्टको प्रयोगले सङ्क्रमितलाई सामान पु¥याउन र औषधि प्रयोग गर्न सहज भएको बताउनुभयो । रोबर्टमार्फत सेवा दिने यो नेपालकै पहिलो अस्पताल भएको दाबी गरिएको छ । उहाँले भन्नुभयो, “नेपालकै इन्जिनियरले बनाएको नर्सिङ रोबर्टको प्रयोगले अस्पतालमा स्वास्थ्यकर्मीलाई सहयोग पुगेको छ, रोबर्टको प्रयोगले सङ्क्रमितको उपचारमा सारथि बन्दै गएको छ ।” आगामी दिनमा रोबर्टको प्रयोगलाई थप प्रभावकारी बनाउने अस्पतालले तयारी गरेको छ ।

नेपालका युवाले निर्माण गरेको तीनवटा रोबर्टकालागि करिब १५ लाख रुपियाँ लागत परेको जनाइएको छ । नेपाल कोरियामैत्री नगरपालिका अस्पतालका प्रशासन शाखा प्रमुख रुपेश श्रेष्ठले रोबर्ट सञ्चालनमा ल्याइएपछि औषधि र खाना लगायतका सामग्री पु¥याउन सहज भएको बताउनुभयो । उहाँका अनुसार कोरोनाका सङ्क्रमितसँग डाक्टर, नर्सको प्रत्यक्ष सम्पर्क हुनबाट नर्सिङ रोबर्टले बचाएको छ । रोबर्ट सञ्चालनमा थप प्रभावकारी बनाउने गरी अस्पतालले काम गरिरहेको उहाँले बताउनुभयो ।

नगरपालिकाले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङलाई तीव्र पार्दै सङ्क्रमितलाई व्यवस्थापन गर्दै आएको छ । हामी जनप्रतिनिधिसहितको टोली सङ्क्रमित परिवारको घरघरमा पुगेर बाहिर बसेर उनीहरूको समस्या बुझ्ने, समस्या भए समाधान गर्ने तथा मनोपरामर्श दिएर हौसला प्रदान गर्दै आएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको परीक्षणलाई उच्च प्राथमिकतामा राखेको छ । अस्पतालमा ८५ बाट एक सय बेड निर्माण गरेको, २४सैँ घण्टा सर्जरी र डायलसिस गर्नुका साथै नगरपालिका आफैँले पीसीआर मेसिन खरिद गरी कोरोना परीक्षण गर्दै आएको छ । त्यस्तै अस्पतालमा कोभिड अप्रेसन वार्ड बनाइएको छ । अस्पतालका कर्मचारीलाई गेस्ट हाउसमा अलगै आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।, समाचारगोरखापत्र दैनिकमा प्रकाशित छ ।