काठमाडौ । अधिकारकर्मी बन्दना राणा महिला विरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिको सदस्यमा दोश्रो पटक निर्वाचित हुनु भएको छ । सोमबार राती भएको निर्वाचनमा राणाले १८९ मत मध्ये १३७ मत प्राप्त गरी बिजयी हुनु भएको हो ।
हाल समितिको उपाध्यक्ष रहनु भएकी राणाले दोश्रो कार्यकालको लागि पनि उम्मेदवारी दिनु भएको थियो । ११ सदस्यीय समितिको लागि २० जनाले उम्मेदवारी दिएकोमा ११ जना निर्वाचित भएका छन् । अब ११ सदस्यबाट पदधिकारी चयन हुनेछ ।
दक्षिण एशियाली मुलुक बाट राणाको मात्र उम्मेदवारी परेको थियो । नेपालको तर्फ बाट राणा संगै चीन , लेबनाल र फिलिपिन्सका प्रतिनिधी पनि सदस्यका निर्वाचित भएका छन् ।











