काठमाडौ । नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व वरिष्ठ उपाध्यक्ष तथा शिक्षाविद् माधव मरहठ्ठाको निधनमा नेकपा अध्यक्ष पुष्पकमल दहालले शोक व्यक्त गरेका छन् । बुधबार बिहान स्टार अस्पताल, ललितपुरमा मरहठ्ठा को निधन भएको थियो ।
मरहठ्ठाको निधनले आफूलाई मलाई दुखित् तुल्याएको भन्दै अध्यक्ष दाहालले जारी गरेको शोक वक्तव्यमा भनिएको छ– नेपाली कम्युनिष्ट आन्दोलन, जनयुद्ध, र शिक्षक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कमरेड मरहठ्ठाको नेपालको राजनैतिक परिवर्तनमा ठूलो योगदान रहेको छ । विभिन्न पुस्तकका लेखक तथा बौद्धिक व्यक्तित्वका धनी स्बर्गिय मरहठ्ठाले गोरखा जिल्लाको शिक्षक आन्दोलन र त्यस क्षेत्रको शैक्षिक विकासमा खेल्नुभएको भूमिका प्रशंसनीय छ ।दिवगत मरहठ्ठाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।











