काठमाडौं । सरकारले भुटानी शरणार्थीको समस्या छिट्टै समाधान हुने बताएको छ । लामो समयदेखि भुटानी शरणार्थीको समस्या रहेकोले अब यसको लागि आवश्यक सबै गृहकार्य पूरा भएको मन्त्रालयले जनाएको छ । भुटानीहरुको समस्या समाधानको लागि २०७६ जेठ ३० गते मन्त्रिस्तरको निर्णयबाट सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिको प्रतिवेदनको आधारमा सबै समस्याको समाधान गर्ने सरकारको तयारी छ ।
झापा र मोरङ जिल्लामा रहेका भुटानी शरणार्थीको बर्तमान अवस्था, जसमा शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधारको सम्वन्धमा विस्तृत अध्ययन गरि समितिले मन्त्रालयलाइ सुझाव दिएको थियो ।
सरकारले २०७६ मंसिर १७ मा भुटानी शरणार्थीको समस्या र समाधानका उपाय सम्वन्धमा ४ बुदेँ प्रस्ताव तत्कालीन गृह सचिव प्रेम राइले गरेका थिए । जसमा १ लाख १३ हजार ३ सय शरणार्थीलाइ विभिन्न ८ मुलुकमा पूर्नस्थापना गरिएको तथा ६५ सय भुटानी शरणार्थीलाइ मानवीय रुपमा आश्रय नेपालले दिइरहेको उल्लेख थियो । नेपालमा रहेका शरणार्थीलाइ सरकारले आर्थिक सहायता उपलब्ध प्रदान गर्दा बार्षिक ७ करोड ब्ययभार पर्दै आएको छ ।











