८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

तथ्याङ्क विभागलाई ७ करोड २० लाख बराबरको सूचना प्रविधि उपकरण हस्तान्तरण

तथ्याङ्क विभागलाई ७ करोड २० लाख बराबरको सूचना प्रविधि उपकरण हस्तान्तरण
अ+ अ-

काठमाडौँ । नयाँ संविधान र सङ्घीय संरचनाअन्तर्गतको पहिलो जनगणनाका रुपमा आगामी वर्षको जेठ–असारमा हुन गइरहेको १२ औँ राष्ट्रिय जनगणनाको पूर्व तयारीमा जुटेको केन्द्रीय तथ्याङ्क विभागलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूुएनएफपिए)ले आज सूचना प्रविधि उपकरण हस्तान्तरण गरेको छ । कुल रु ७ करोड २० लाख बराबर मूल्यका ती उपकरणहरुमा पावर ब्याङ्क र आवश्यक सहायक सामग्रीसहित दुई हजार २५० वटा ट्याब्लेट, ३५ वटा ल्यापटप, ४७ वटा डेस्कटप कम्प्यूटर, पाँच वटा घुम्ती वर्कस्टेसन, एउटा सर्भर, हाइ रिजोल्यूशनका तीन वटा प्रिन्टर र आवश्यक सफ्टवेयर लाइसेन्स्हरु रहेका छन् । यी उपकरणहरुको खरिद यूएनएफपिएले बेलायत सरकार ९यूके एड० को अनुदानमा गरेको हो । यस सहयोगले विभागलाई उच्च प्रविधिजन्य मापदण्ड अनुरुपको गणना तथ्याङ्क उत्पादन गर्न सक्षम बनाउने विश्वास यूएनएफपिएले गरेको छ ।

विश्वव्यापी कोभिड–१९ महामारीले गर्दा जनसङ्ख्यासम्बन्धी उच्च गुणस्तर र भरपर्दो तथ्याङ्कको महत्व बढ्न गएको छ र कसैलाई पनि पछाडि नछाडिने दृढ प्रतिबद्धताका साथ दिगो विकासका लक्ष्यहरु हासिल गर्ने नेपालको प्रयासका लागि पनि यो अत्यावश्यक मानिएको छ । केही खास गणना क्षेत्रमा ट्याब्लेटको प्रयोगसहित राष्ट्रिय जनगणना २०७८ मा नवीन प्रविधिको उपयोगले केन्द्रिय तथ्याङ्क विभागबाट सबैभन्दा तल्लो प्रशासनिक इकाईका आधारमा खण्डीकृत हुने गरी देशमा बसोबास गर्नेको सङ्ख्या कति छ र उनीहरुको स्वास्थ्य, कल्याण, समस्या तथा सम्भावनाहरु र आर्थिक तथा सामाजिक अवस्था लगायत उनीहरु के–कस्तो अवस्थामा बस्दै आएका छन् भन्ने बारेका विस्तृत विवरण सङ्कलन सुनिश्चित गर्न सघाउ पुग्ने यूएनएफपिएको विश्वास छ । “सरकारको मार्गनिर्देशनअनुरुप हाम्रा कर्मचारी र उत्तरदाताहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्दै सबैभन्दा तल्लो प्रशासनिक तहमा रहेको तथ्याङ्क अभावलाई सम्बोधन गर्ने गरी गणना गर्न हामी प्रतिबद्ध छौं”, केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले भने। विभागको पूर्वाधार र क्षमतालाई सुदृढ तुल्याउँदै तथ्याङ्क सङ्कलनको बहुविधि अवधारणामार्फत जनगणना कार्यसञ्चालनलाई आधुनिकीकरण गर्ने विभागको प्रयासलाई यी उपकरणले बल पु¥याउने विश्वास लिइएको छ ।

“गणना तथ्याङ्कक पूर्वाधारको मूलभूत पक्ष हो, यसले देशको सङ्ख्यात्मक विवरण प्रदान गर्ने भएकाले जनता र सरकार दुवैका लागि यो बहुमूल्य हुन्छ”, नेपालका लागि यूुएनएफपिए प्रतिनिधि लुब्ना बाकीले भने – “गणना उच्चगुणस्तरको भएको, अन्तर्राष्ट्रिय मापदण्डलाई स्थापित गरेको र विकासका प्रतिफलहरुका लागि व्यापक रुपमा प्रचारप्रसार तथा उपयोग गरिने तथ्याङ्क उत्पादन भएको सुनिश्चित गर्न नेपाल सरकारलाई प्राविधिक तथा आर्थिक सहायता प्रदान गर्न पाउँदा यूएनएफपिए गौरवान्वित भएको छ ।” 

नेपाललाई संयुक्त अधिराज्यले प्रदान गर्ने सहयोग भरपर्दो र सबैलाई समावेश गर्ने तथ्याङ्कमा आधारित हुनेतर्फ लक्ष्यित रहेको बताउँदै काठमाडौँस्थित बेलायती दूतावासकी विकास निर्देशक लिसा होनानले भने – “जनगणना तथ्याङ्क सङ्कलन तथा सङ्ग्रह गर्ने सबैभन्दा महत्वपूर्ण अवसर हो जसको आधारमा सरकारदेखि विकास साझेदार र समुदायमा आधारित सङ्घसंस्था सबैले आफ्नो सहयोगलाई सही ढङ्गबाट निर्देशित गर्न सक्छन् । त्यसबाट महिला, पुरुष, बालबालिका, गरिब, जोखिममा रहेका र अन्य समूहहरुलाई प्रदान गरिने सेवाहरुमा सुधार ल्याउन मद्दत पुग्नेछ । हाम्रा साझेदार यूएनएफपिए र केन्द्रीय तथ्याङ्क विभागमार्फत यसरी उपकरण तथा प्रविधि उपलब्ध गराउन संयुक्त अधिराज्य सक्षम भएकामा म खुशी छु,।” राष्ट्रिय जनगणना २०७८ राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा रहेको राष्ट्रिय जनगणना सञ्चालक समितिको मार्गनिर्देशनमा विभागको नेतृत्वमा भइरहेको छ ।