१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको आक्रोस- ‘मैले पत्रकारहरुलाई राजीनामा दिनुपर्ने हो ?’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने बताउनुभएको छ । उहाँले भन्नुभयो, 'म न प्रधानमन्त्री र नत पार्टी अध्यक्षबाट नै हट्छु, तपाईँहरु हल्लाको पछि नलाग्नुहोस ।' 

बुधबार संखुवासभा पुगेका प्रधानमन्त्री ओलीले पत्रकारहरुसँग आक्रोस पोख्नुभएको हो । उहाँले पत्रकारहरुलाई नै प्रश्न गर्नुभयो, 'तपाईँहरु नै होइन बिहानै राजीनामा दिँदैछ, बेलुकै राजीनामा दिँदैछ भनेर हल्ला गर्ने ?' उहाँले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने स्पष्ट गर्दै हल्लाको पछि नलाग्न पत्रकारलाई भन्नुभयो । 

उहाँको भनाई थियो 'म पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्री हुँ, मैले बीचैमा राजीनामा दिएर हिँड्न मिल्दैन । जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्न । हल्लाको पछि नलाग्नुहोस्, तपाईँहरुले समाचार लेखेर मैले राजीनामा दिने पनि होइन ।' 

यसअघि जस्तै उहाँले पत्रकारहरुसँग असन्तुष्टि पोख्नुभएको थियो । आफ्नो बारेमा अनावश्यक रुपमा राजीनामाको हल्ला चलाएर समाचार लेखेको भन्दै उहाँले प्रश्न गर्नुभयो 'के मैले पत्रकारहरुलाई राजीनामा दिनुपर्ने हो र ?'