८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

तिहार र छठपछि कडा निषेधाज्ञा गर्न उपत्यकाका मेयरहरुको प्रस्ताव

तिहार र छठपछि कडा निषेधाज्ञा गर्न उपत्यकाका मेयरहरुको प्रस्ताव
अ+ अ-

काठमाडौं । आउनै लागेका तिहार र छठपछि कडा खालको निषेधाज्ञा जारी गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) काठमाडौं उपत्यकाका मेयरहरुको फोरमले सुझाव पेश गरेको छ । सीसीएमसीका पदाधिकारीहरुसँग आज मेयर फोरमका पदाधिकारीहरुले बैठक गरेका थिए ।

सो बैठकमा यस्तो आग्रह गरेका हुन् । उक्त फोरमले पछिल्ला हप्ताहरुमा काठमाडौं उपत्यकामा कोभिडको संक्रमण दर निकै बढेको भन्दै यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको बताएको हो । उपत्यकाको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले भने, हामीले सरकारलाई कडा खालको निषेधाज्ञा गर्न भनेका छौँ, पछिल्लो समय बढ्दै गएको संक्रमण रोक्ने अरु उपाय हामीसँग छैनन् । 

उपत्यकामा बढिरहेको संक्रमण दर नियन्त्रणका लागि तिहार छठलगत्तै निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भिर छलफल भएको उनले बताए । उपत्यकामा बढिरहेको संक्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएको उल्लेख गर्दै उनले सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव गर्ने बताए ।

उनका अनुसार सीसीएमसीका पदाधिकारीहरुसँगको छलफलमा कोभिडबाट उत्पन्न समस्या समाधानका विषयमा पनि छलफल भएको थियो । महामारी नियन्त्रणका लागि स्थानीय तह र संघीय सरकारबीच समन्वन हुन नसक्दा समस्या झन बल्झिएको भन्दै यो महामारी नियन्त्रणका लागि एकीकृत रुपमा सहकार्य गर्नुपर्नेमा आफूहरुले जोड दिएको पनि उनले बताए ।