काठमाडाैंः पूर्व मन्त्री एवं सांसद भीमप्रसाद गौतमको असामयिक निधन भएको छ ।
सभामुख अग्निप्रसाद सापकाेटाले ट्वीट गर्दै गाैतमकाे निधनकाे खबरले दुःखित बनाएको बताउनु भएकाे छ । उहाँले दिवंगत गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएकाे छ ।
गाैतम भूमिसुधार तथा व्यवस्था मन्त्री हुनु भएकाे थियाे । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको बिहीबार बिहान २ः३० बजेतिर आफ्नै घरमा निधन भएको पारिवारिक स्राेतले बताएकाे छ।
जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकारसमेत रहेका गौतम विगत १५ दिनदेखि अस्वस्थ रहनु भएकाे थियाे । अस्पतालमा निमोनियाको उपचार गराएपछि उहाँले घरमै आराम गर्दै आउनु भएकाे थियाे ।











