८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

उखु किसानका पीडा कहिले सुल्झेलान् ?

उखु किसानका पीडा कहिले सुल्झेलान् ?
अ+ अ-

काठमाडौँ — आफूले चिनी मिललाई बेचेको उखुको पैसा उठाइदिनुस् भनेर बिन्ती बिसाउन राष्ट्रपतिलाई नै गुहार्नुपर्ला भनेर सर्लाही रामनगर गाउँपालिका–५ का अमरेन्द्र यादवले सायदै सोचेका थिए । अमरेन्द्र तीन वटा चिनी उद्योग रहेको २६ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गर्ने सर्लाहीका ५० हजार किसानमध्येका एक हुन् ।

जसले दुई वर्षअघि बेचेको उखुको करिब ८ लाख रुपैयाँ चिनी मिल उद्योगीबाट पाएका छैनन् तर सोमबार राष्ट्रपति कार्यालयबाट फर्केपछि उनले थोरै भए पनि चैनको सास फेरेका छन् । उनले सुनाए, ‘देशकै सबैभन्दा ठूलो मान्छेलाई भेटेर समस्या बिसाएछौं नि त, अब पनि केही भएन भने आसै हराउँछ ।’

तारन्तारको आन्दोलन, अनशन र विभिन्न राजनीतिक दलका नेतासँगको बिन्तीभाउपछि पनि उखु बेचेको पैसा चिनी मिलवालाहरूले नदिएपछि प्रदेश २ का उखु किसान संघर्ष समितिका किसान फेरि काठमाडौं आइपुगेका छन् ।

गत १७ गते सर्लाहीका ३५ किसान जनही ९ सय रुपैयाँ उठाएर बस रिजर्भ गरी चिसो सुरु हुन आँटिसकेको र कोरोना संक्रमण व्यापक भइरहेको काठमाडौंमा उत्रिए ।

उनीहरूले एक सातासम्म पछ्याएपछि आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर पुरानो सम्झौताको स्मरणपत्र बुझाउन पाए । गत वर्ष पुस १८ गते उखु किसान र चिनी मिल उद्योगीबीच मन्त्रालयमै भएको सम्झौता सम्झाउन मात्रै उनीहरू काठमाडौं आएका थिएनन् ।

चिनी मिलवालाले तिर्ने भनेको रकमको मिति घर्केर नौ महिना बितिसक्दा पनि किसानलाई पैसा दिलाइदिने वाचा गरेको मन्त्रालय चुपचाप बसेको देखेपछि कोरोना संक्रमणको परवाह नगरी उनीहरू काठमाडौं धाएका हुन् ।

आइतबार उनीहरूले उद्योगमन्त्रीलाई बुझाएको स्मरणपत्रको अन्त्यमा लेखेका छन्, ‘निर्धारित अवधिमा रकम भुक्तानी गरियोस्, होइन भने कोरोनाले मर्नु या भोक र ऋणले मर्नुको परिणाम एउटै आउने भएकाले हामी निर्णायक आन्दोलन गर्न बाध्य हुनेछौं ।’ कान्तिपुर दैनिकमा जनकराज सापकाेटाले खबर लेखेका छन् ।