८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

गाउँमा झुक्याएर ऋण लगानी, गाउँबासीमा पीडा

गाउँमा झुक्याएर ऋण लगानी, गाउँबासीमा पीडा
अ+ अ-

धनकुटा — धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ बीच टोलमा केही दिनअघि एक बिहान लघुवित्त संस्थाको बैठक बसिरहेको थियो । उक्त समयमा नजिकै स्थानीय एक व्यक्तिले झुन्डिएर आत्महत्या गरे । खैलाबैला मच्चियो ।

मृतक सोही समूहमा ऋण लिने महिलाका पति रहेको खुल्यो । २० हजार ऋण काढे पनि चुक्ता गर्न ४ हजार मात्र बाँकी थियो । पैसाको जोहो गर्न नसकेपछि निराश देखिएका उनको मृत्युको कारण लघुवित्तको ऋण र चुक्ता गर्नर् परेको दबाब मुख्य रहेको स्थानीयको भनाइ छ ।

स्थानीय ४३ वर्षीय अहिमान पुलामी मगरको मृत्यको कारण लघुवित्तको ऋणसँग जोडिएको स्थानीय दिलबहादुर मगर बताउँछन् । उनकी पत्नीका नाममा सिधुवा बजारमा रहेको एनएमबी लघुवित्तमार्फत ऋण लिइएको थियो । ऋण तिर्ने भाका कटेपछि दबाब दिँदै केही महिनाअघि लघुवित्त संस्थाका कर्मचारीले गोठको लैनो गाई फुकाएर लगेको मृतककी पत्नी यानमायाले बताइन् ।

‘अघिल्लो पटक ऋण लिएको ५० हजार रुपैयाँ लैनो गाईमा सदाएको थियो,’ उनले भनिन्, ‘पछिल्लो पटक २० हजार लिए पनि तिर्न ४ हजार मात्र थियो ।’ आयआर्जनको भरपर्दो स्रोत नभएपछि गाउँघरमा रहेको लघुवित्त विकल्प ठानेर ऋण लिन बाध्य रहेको उनको तर्क छ । ‘कि ऋण तिर, कि समूहमा बस्न पाउँदैनौ,’ भन्दै लघुवित्तका कर्मचारीले धम्क्याएको उनले बताइन् । दुई छोरा र एक छोरी नाबालक सन्तान छोडेर पतिले त्यस्तो कार्य गर्नेमा उनी रत्तिभर विश्वास गर्न सक्दिनन् ।

गाउँघरमा अनावश्यक रूपमा भित्रिएका लघुवित्त स्थानीयस्तरमा समस्याका रूपमा बल्झिँदै गएको गाउँपालिकाकी उपाध्यक्ष भीमकला श्रेष्ठ बताउँछिन् । लघुवित्त संस्थाले समूह जमानीमा महिलालाई मात्र ऋण प्रवाह गर्दै आएका छन् ।

एकै व्यक्तिले अधिक संस्थामार्फत ऋण लिने र तिर्न कठिनाइ हुँदा त्यससँग जोडिएर कयौं घटना भइसकेको उनको भनाइ छ । ‘समस्या समाधानका लागि खोलिएका हुन् कि समस्या बल्झाउन भन्ने अवस्थामा छ,’ उनले भनिन्, ‘पालिकाले प्रश्रय नदिए पनि थाहै नदिई पनि लघुवित्तका गतिविधि गाउँघरमा भित्रिँदा समस्या थपिएको छ ।’

अहिमान पुलामी मगरको मृत्यको घटना पनि ऋणसँग जोडिएको आफूले जानकारी पाएको उनले प्रस्ट्याइन् । यसबाट महिला नै बढी समस्यामा पर्ने उनले बताइन् ।

घटनाबारे एनएमबी लघुवित्तका प्रबन्धक लालचन चौधरीले भने आफूहरू मृत्युको कारण नभएको दाबी गरे । अघिल्लो पटक ऋण असुल गर्दा लैनो गाई गोठबाट फुकाएको भने उनले स्विकारे । बैठकमा चौधरी स्वयं सामेल थिए ।

ऋण चुक्ता गर्न मात्र भनेको तर कुनै दबाब नदिएको उनको भनाइ छ । यो एक प्रतिनिधि घटना मात्र हो । पछिल्लो समय लघुवित्तको ऋणकै कारण बसाइँसराइ, पारिवारिक बेमेल, सम्बन्धविच्छेद र आत्महत्याका घटना हुने गरेको पालिकाका सदस्य शंकर ओझाले बताए । एक महिनाको अवधिमा लघुवित्त ऋण प्रकरणमार्फत नै आधा दर्जन घटना भइसकेको उनको भनाइ छ ।

कुन प्रयोजनका लागि लिएको हो भन्ने हेक्का नराखी ऋण प्रवाह गरी अनुगमन पनि नगरिने र समूह जमानीका कारण समस्या उब्जिएको छ । घरका नाममा बाँसको टाटीले बारेको छाप्रो छ । बनिबुतो गरेको कमाइले जोडेको टेलिभिजन र केही थान कुर्सी र दराज । तर ती सामग्री पनि लघुवित्त संस्थाले जफत गरेपछि यतिबेला रित्तो भएको छ । कान्तिपुर दैनिकमा रमेशचन्द्र अधिकारीले लेखेका छन् ।