८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

बस ट्रक धाेएरै मात्रै उपत्यका प्रवेश गर्न दिने याेजना अघि बढ्याे

बस ट्रक धाेएरै मात्रै उपत्यका प्रवेश गर्न दिने याेजना अघि बढ्याे
file photo
अ+ अ-

काठमाडाैंः हिलाे, धुलाे लागेका सवारी साधन अब सफा गरेर मात्र राजधानी छिर्ने व्यवस्था हुन लागेकाे छ । काठमाडौँ उपत्यका बाहिरबाट उपत्यका भित्रने सवारी साधनलाई धोएरमात्रै भित्रिन दिन धुलाई केन्द्र (वास सेन्टर) सञ्चालन गर्ने योजना यातायात व्यवस्था विभागले बनाएको छ । काठमाडौँ उपत्यकामा सवारी साधनले भित्र्याउने प्रदूषण कम गर्न धोएर मात्रै भित्र्याउनका लागि केन्द्र सञ्चालनको योजना बनाइएको हो ।

यस आर्थिक वर्षको बजेटमा समावेश नगरिएको भए पनि विभागले केन्द्र सञ्चालनका लागि छलफल गरिरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार गत आवमा सरकारको नीति तथा कार्यक्रम र बजेट दुवैमा केन्द्र सञ्चालनको विषय समावेश थियो । उहाँले भन्नुभयो, “गत आवमा रु दुई करोड छुट्याइएको भए पनि हामीले खर्च गर्न सकेका थिएनौँ ।”

सरकार आफैँले केन्द्र सञ्चालन गर्नेभन्दा पनि सरकारले अनुमति दिने र नियमन गर्ने गरी छलफल भइरहेको निर्देशक पौडेलले बताउनुभयो । निजी क्षेत्रले सरकारले तोकिएअनुसार केन्द्र सञ्चालन गर्न सक्ने गरी छलफल भइरहेको छ । केन्द्र सञ्चालन गर्ने व्यक्तिले तोकिएको रकम लिएर सवारी साधन धुन सक्ने गरी छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । त्यसका लागि आवश्यक मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउनेछ । उहाँले भन्नुभयो, “वास सेन्टर कसरी सञ्चालन गर्न सकिन्छ भनेर हामी छलफल गरिरहेका छौँ ।”

केही दिन पहिले भौतिक पूर्वाधार मन्त्रालयको पहिलो त्रैमासिक समीक्षा बैठकमा विभागका महानिर्देशक गोगनबहादुर हमालले केन्द्र सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको र मङ्सिरभित्रमा निर्णय गरिने बताउनुभएको थियो । केही वर्ष पहिलेदेखि नै काठमाडौँ उपत्यकामा प्रदूषण कम गर्न सवारी साधन धोएर मात्रै प्रवेश गराउनुपर्ने माग भइरहे पनि मन्त्रालयले निर्णय गरेको थिएन ।