८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

कोटेश्वर–जडीबुटी सडक विस्तारले गति लियाे, आगामी महिना ठेक्का

कोटेश्वर–जडीबुटी सडक विस्तारले गति लियाे, आगामी महिना ठेक्का
अ+ अ-

काठमाडाैंः कोटेश्वर–जडीबुटी सडक विस्तारका लागि संरचना हटाउन शुरु गरिएसँगै आगामी महिना सडक निर्माणका लागि ठेक्का प्रक्रिया शुरु हुने भएको छ । सडक निर्माण गर्ने स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पर्खाल सारेसँगै त्यहाँ निर्माणस्थल सम्याउने काम भइरहेको छ । केही समयभित्रै निर्माणस्थल खाली भइसक्ने भएकाले आगामी महिनामा ठेक्का प्रक्रियामा जाने तयारी गरिएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।

निर्माण शुरु भएको छ महिनामा सम्पन्न हुने पनि डिभिजनले जनाएको छ । डिभिजन प्रमुख कुबेर नेपालीका अनुसार सो स्थानमा अहिले नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गरिरहेको छ । कोटेश्वरस्थित ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको सार्वजनिक शौचालय काठमाडौँ महानगरपालिकाले अबको १५ दिन भित्रमा हटाइसक्ने बताएको छ । उहाँले भन्नुभयो, “बाँकी काम सकिएपछि अबको एक महिनामा ठेक्का प्रक्रियामा जान सकिन्छ ।”

सो खण्डमा उत्तर र दक्षिण दुवैतर्फको सडक विस्तार गर्न लागिएको भए पनि पहिले दक्षिणतर्फबाट गर्न लागिएको डिभिजनले जनाएको छ । उत्तरतर्फ पर्ने एउटा घरको मुआब्जाको विषय टुङ्गिन बाँकी रहेको प्रमुख नेपालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक महिनाभित्रमा त्यो विषय पनि टुङ्गिने हाम्रो विश्वास छ ।”

काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको तयारी भइरहेको छ । हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढेको छ । यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुने अपेक्षा गरिएको छ । कोटेश्वरबाट जडीबुटितर्फ लाग्दा देब्रे (उत्तर)तर्फ एक लेन र दाहिने (दक्षिण)तर्फ दुई लेन थप्ने गरी निर्माणस्थल खाली भइरहेको छ ।

विमानस्थलको सुरक्षालाई ध्यान दिएर बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको हो ।