८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

प्रचण्डसहितका पाँच नेतालाई प्रधानमन्त्री ओलीको त्यो पत्र !

प्रचण्डसहितका पाँच नेतालाई प्रधानमन्त्री ओलीको त्यो पत्र !
अ+ अ-

काठमाडौं । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई सचिवालय बैठक बोलाउन अर्का अध्यक्ष पुपष्पकमल दाहाल, प्रचण्डले केही दिन अघि बैठक बोलाउन भन्दै निवेदन लेख्नुभयो । निवेदनको शीर्षक बैठक बोलाइ पाउँ भनेर लेखिएको छ भने अध्यक्ष ओलीलाई सम्बोधन गरिएको छ । 

त्यो पत्रमा प्रधानमन्त्रीले तोक लगाइदिनुभयो विष्णु पौडेललाई दिनुभयो । उहाँले पार्टी महासचिव विष्णु पौडेलका नाममा तोक लगाउँदै 'महासचिवजी पार्टीको विधान र आवश्यकताका आधारमा बैठक बोलाउनु' भनेर लेख्नुभयो । 

यो प्रसंग त सकिइ नै हाल्यो किनकी महासचिव पौडेलले आवश्यकता अनुसार दुवै अध्यक्षसँग परामर्श गर्नुभयो र बैठक बोलाउनुभयो । बैठक आज अपरान्ह बालुवाटारमा बस्ने भएको छ । जुन सूचना सार्वजनिक नै भइसकेको छ । 

तर प्रसंग भने यहाँ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले प्रचण्ड लगायतका पाँच जना नेतालाई लेखेको पत्रको हो । उहाँले त्यस पत्रमा के लेख्नुभएको छ भन्ने भन्दा पनि बैठक बोलाउनका लागि दिइएको निवेदनको जवाफमा प्रधानमन्त्रीले किन पत्र लेख्नुभयो भन्ने नै बढी रहस्यमय छ । 

खासमा बैठक बोलाउनका लागि पनि आवेदन हाल्नुपर्ने थिएन । तर अध्यक्ष ओलीले त्यसैको जवाफमा अर्का अध्यक्ष प्रचण्डलाई नै सम्बोधन नै गरेर पत्र पठाउनुभएको छ । उहाँले प्रचण्डलाई सम्बोधन गर्नुभएको छ र अरु चार नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नाराणकाजी श्रेष्ठलाई बोधार्थ पठाउनुभएको छ । तर पत्रमा भने उहाँले आफू विरुद्ध तिनै पाँच जनाले घेराबन्दी गरेका उल्लेख गर्नुभएको छ ।  

त्यस पत्रमा आफू विरुद्ध गुटबन्दी गर्ने, पार्टीका कुनै पनि बैठकमा आउनुअघि गुटगत धारणा बनाएर आउने र बैठकमा आफू विरुद्ध जाइलाग्ने काम यिनै पाँच जनाले गरेको र पार्टीलाई फुटको संघारमा धकेलेको काम पनि यीनै पाँच जनाले गरेको स्पष्ट संकेत दिनुभएको छ । 

पार्टीका कार्यालयमार्फत ती नेताहरुका हातहातमा सो पत्र किन पठाइयो ? ओली निकटक एक नेताले भने, 'पार्टी अध्यक्ष ओलीले यी पाँच जनालाई एकै ठाउँमा राखेर आफ्ना कुरा राख्न नपाएको धेरै भयो तर उनीहरुका हरेक दिनका गुटगत भेलाहरुका बारेमा जानकारी लिइरहनुभएको छ । त्यसैले उहाँले आफ्ना कुरा त्यही पत्रमार्फत् राख्न्ुनभएको हो ।'