८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

शहरी क्षेत्रको सार्वजनिक यातायात सेवा व्यवस्थित पारिने: शहरी विकास राज्यमन्त्री

शहरी क्षेत्रको सार्वजनिक यातायात सेवा व्यवस्थित पारिने:  शहरी विकास राज्यमन्त्री
अ+ अ-

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शहरी क्षेत्रको सार्वजनिक यातायात सेवा व्यवस्थित पारिने बताउनुभएको छ । बालाजु तारकेश्वर  यातायात प्रालिको विशेष साधारण सभामा बोल्दै मन्त्री मानन्धरले शहरलाई व्यवस्थित बनाउनका लागि सार्वजनिक यातायातको भुमिका महत्वपुर्ण हुने भएकाले व्यवस्थित रुपमा सञ्चालनका लागि सरकारले काम गरिरहेको बताउनुभयो । लकडाउनका कारण सार्वजनिक यातायात सञ्चालकहरु समस्यामा परेको गुनासो आइरहेको र सरकारले व्यावसायीको समस्या समाधानका लागि पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । 
नेपालको यातायात सञ्चालन प्रणाली कमजोर रहेको बताउँदै मन्त्री मानन्धरले जनताले सहज रुपमा यात्रा गर्न पाउनेगरी सुधार गर्न पनि यातायात व्यावसायीलाई आग्रह गर्नुभयो । 

सरकार जनताको जीवन रक्षाका लागि हर तरहको प्रयास गरिरहेको बताउँदै मन्त्री मानन्धरले स्वास्थ्य सावधानीका मापदण्ड अनुसार सवारी सञ्चालन र यात्रा गर्न आग्रह समेत गर्नुभएको छ । मन्त्री मानन्धरले जनताको जीवन रक्षासँगै विकास निर्माणलाई पनि तिब्र रुपमा अघि बढाउनका लागि सरकारले विभिन्न विकल्पमा काम गरिरहेको बताउँदै अर्थतन्त्रलाई मितव्ययी र चलायमान बनाउन सरकारले कार्ययोजना ल्याइसकेको जानकारी पनि दिनुभयो। मन्त्री मानन्धरले तिहारपछि निर्माणका ठुला परियोजनाले थप गति लिने बताउँदै जनताको समृद्धिको सपना केपी ओली नेतृत्वको सरकारले पुरा गरेरै छाड्ने बताउनुभयो । 

कार्यक्रमममा तारकेश्वर यातायात प्रालिका सचिव परशुराम लामिछानेले लकडाउनका कारण समस्यामा परेका यातायात व्यावसायीको मर्का बुझेर निर्णय गरिदिन सरकारलाई आग्रह गर्नुभयो । प्रालिका अध्यक्ष मिनबहादुर मानन्धरले धराशायी बनेको सार्वजनिक यातायातको पुनरुत्थानका लागि विशेष प्याकेज आवश्यक रहेको बताउनुभयो ।