५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो



अ+ अ-

एजेन्सी । कानपुर टेस्टमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । योसँगै टीम इन्डियाले सिरिज २–० ले क्लीन स्वीप गरेको छ ।

वर्षाले प्रभावित खेलको अन्तिम दिन मंगलबार भारतलाई ९५ रनको लक्ष्य दिएको थियो, जुन भारतीय ब्याट्सम्यानले १७.२ ओभरमा पुरा गरेका थिए ।

यशस्वी जैसवालले ५१ रन बनाए । कोहली २९ रनमा अविजित रहे । विकेटकिपर ऋषभ पन्तले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।

जैसवाल प्लेयर अफ द म्याच र अश्विन प्लेयर अफ द सिरिज घोषित भए ।

लञ्चअघि भारतले दोस्रो इनिङ्समा बंगलादेशलाई १४६ रनमा अलआउट गरेको थियो । दिनको सुरुवात बंगलादेशले २६र२ को स्कोरबाट गरेको थियो । सोमबार भारतले ३४.४ ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएर पहिलो इनिङ्स घोषणा गरेको थियो ।

भारतले पहिलो इनिङ्समा बंगलादेशलाई २३३ रनमा अलआउट गरेको थियो । वर्षाका कारण तेस्रो र दोस्रो दिनको खेल रद्द गर्नुपरेको थियो भने पहिलो दिन ३५ ओभर मात्रै बलिङ गर्न सकिएको थियो । यस्तो अवस्थामा खेल झण्डै बराबरी भएको मानिएको थियो तर भारतीय टोलीले पछिल्लो २ दिनमा कायापलट गर्यो ।