८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

सम्झनामा महाकवि देवकोटा

सम्झनामा महाकवि  देवकोटा
अ+ अ-

काठमाडौं । नेपाली जनजनका मनमा बसेका महाकवि लक्ष्मीप्रसाद देवकोटा लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यमा कुनै विशेषण नचाहिने नाम हो । महाकविका रुपमा नेपाली साहित्याकारमात्र नभएर नेपाली जनजनका मनमा श्रद्धापूर्वक रहेको नाम हो– लक्ष्मीप्रसाद देवकोटा । लक्ष्मीप्रसाद देवकोटा यस्तो नाम हो जसको नामैले पनि नेपाली साहित्यको शिर श्रद्धाले निहुरिन्छ, हर नेपालीको मन श्रद्धाले फुलेर ठूलो बन्छ । आज तिनै नेपाली जनका प्यारा साहित्यकारको जन्म दिन हो ।

जसले आफू के हो ठूलो जगतमा पसिना विवेक भनेर सारा नेपालीलाई परिश्रम र विवेक अर्थात ज्ञानका लागि सदैव उत्प्रेरित गरिरहे । सबै नेपालीलाई कुनै मेहनेत र परिश्रम गर्न उनले आफ्ना सिर्जनामार्फत प्रेरित गरिरहे । देवकोटाले यस्तो साहित्यको सिर्जना गरेर हामीलाई दिएर गएका छन् कि जुन कालजयी छन्, सयौं वर्ष पनि पुरानो हुदैनन् र सदैव नागरिकलाई प्रेरणा भरिरहन्छन् । तिनै विशिष्ट साहित्यकारको जीवन र साहित्यका बारेमा केही महत्वपूर्ण सूचनाहरु जम्मा साहित्यकार नरेन्द्रराज प्रसाइँले हामीलाई दिनुभएको छ । जसलाई तल प्रस्तुत गरिएको छ-

• लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौंको डिल्लीबजारमा
भएको थियो ।
• तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला
छोरा थिए ।
• देवकोटाका सात जना दिदीहरू थिए ।
• देवकोटाले दस वर्ष नपुगी कविता लेखेका थिए । त्यति बेला आफ्नी जेठी भाउजू सोमकुमारीलाई
सौता हालेपछि त्यही व्यथामा डुबेर ;म त अभागी पो भएँ शिर्षकमा उनले कविता लेखे ।
• देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौँ कक्षाबाट एक्कैचोटि दसौँ कक्षा
पढेका थिए ।
• देवकोटाले १७ वर्षको हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिएका थिए ।
• देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढेका थिए ।
• देवकोटाले आइएस्सी पढ्दा लेखेको ;वसन्तषोडसी; शीर्षकको कविता;लक्ष्मी, टीसी कलेज, नेपालका
नाऊँबाट गोरखापत्र साप्ताहिकमा छापिएको थियो ।
• देवकोटाले प्राइवेट परीक्षार्थीका रुपमा पटना विश्वविद्यालयबाट बीए पढे र त्यहीबाटै बीएल पनि
पास गरे ।
• देवकोटाले लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको
पनि चाल पाउँदैन थिए ।
• सोह्र वर्षको उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो ।
• देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए ।
• देवकोटा जुवातास र पासामा पनि पारङ्गत थिए । साथै उनी गीत गाउँथे, हार्मोनियम र तबला
पनि बजाउँथे ।
• देवकोटालाई २००४ सालमा वनारसबाट प्रकाशित हुने ;उदयमा ईश्वर बरालले ;महाकविको
उपाधि लेखेपछि उनलाई महाकवि भन्न र लेख्न थालियो । त्यसभन्दाअघि उनलई युगकवि
भनिन्थ्यो ।
• देवकोटा महाकविमा प्रसिद्ध भएपछि सिद्धिचरण श्रेष्ठले देवकोटासँग;युगकवि;को उपाधि
मागेर २०१२ सालमा आफ्नो नाउँअघि युगकवि लेखे; अनि उनी पनि युगकविमा नै चर्चित भए ।
• देवकोटाले त्रिचन्द्र कलेजमा प्रोफेसरको जागिर पाए । बीए पास भएर प्रोफेसर हुने उनी प्रथम
नेपाली थिए ।
• देवकोटा गरीव थिएनन् तर अति अव्यवहारिक थिए । हातमा पैसा परेपछि कसरी फुर्मास् गर्ने
भन्ने सोचमा उनी केन्द्रित हुन्थे । अनि जताबाट भए पनि उनी पैसा मास्नेतिरै उन्मुख हुन्थे र
भोलिपल्टदेखि भोकै पनि सुत्थे । यसको मुख्य कारण के हो भने- मनदेवीले धर्मका नाउँमा पैसा
उडाउन थालेपछि देवकोटाले पनि घरमा पैसा ल्याउन चाहँदैन थिए ।

• देवकोटालाई १९९५ साल पुस २० गतेदेखि १५५ दिन राँचीको पागलखानामा राखिएको थियो ।
• पागलखानाको उपचारका क्रममा देवकोटालाई डा.बर्कले हिलले भनेका थिए, ;देवकोटाजस्तो मान्छे
नेपालमा जन्मनु भौगोलिक गल्ती हो ।
• देवकोटाले २०१० सालमा रूमानिया जाँदा सिरक, डस्ना र सिरानी नेपालबाटै लगेका थिए । उनी
जहाजबाट ओर्लेपछि आफ्नो बेडिङ आफै बोकेर हिड्थे । त्यतिबेलाको त्यो दृश्य धेरैलाई रमिता
भएको थियो ।
• देवकोटा २०१० सालमा चीन गए । त्यसबेला अध्यक्ष माओ त्सेतुङसँग उनले हात मिलाएका
थिए ।
• देवकोटाले चीनबाट फर्केपछि चीन र माओको धेरै व्याख्या गरे । त्यसबारे उनले दुईटा कविता
पनि लेखे । त्यसपछि उनलाई कम्युनिष्टको आरोप लगाएर काङ्ग्रेसले धेरै दुक्ख दिन थाले । तर
उनलाई राजा महेन्द्र र गणेशमान सिंहले काखी चेपेका थिए । गणेशमान सिहंले त देवकोटाको
खुट्टा नै ढोग्थे ।
• देवकोटा भारतका तीन महान कवि प्रसाद, पन्त र निराला बराबरी एउटै सिङ्गो कवि थिए ।
• देवकोटाले महापण्डित राहुल साङ्कृत्यानका कारणले;पागल; लेखे र त्यस कविताको प्रथम पाठक
जनकलाल शर्मा थिए । पागल कविता वाचनकै क्रममा देवकोटाले झन्नै जनकलाल शर्मालाई
कुटेका थिए ।
• देवकोटालाई पागल सम्झेर मदन पुरस्कार (त्यस पुरस्कारलाई म बक्सिस् भन्छु) दिइएन ।
खास कुरा के थियो भने रानी जगदम्बाले देवकोटालाई पुरस्कारका साथै थप नगद र जिन्सी
दिन्छिन् भन्ने डरले उनलाई जगदम्बाको आँखाबाट ओझेल पारिएको थियो ।
• देवकोटा अति नै लोकप्रिय भएपछि मदन पुरस्कार गुठीका अध्यक्ष (रानी जगदम्बाका तत्कालीन
निजीसचिव) कमल दीक्षितले देवकोटाको स्तुति गरेर २०६६ सालमा;गुरूभेटी भन्ने किताप लेखे-
२००४ सालमा वनारसमा देवकोटाले भिख माग्दा मैले पनि एक रूपियाँ चन्दा दिएको थिएँ; भन्ने
उक्त कितापको मुल मन्त्र देखियो । त्यसै सन्दर्भमा मैले (नरेन्द्रराज प्रसाईले) त्यस बेहोराको
कठोर आलोचना गरेर दीक्षितकै सम्पादनमा मदन पुरस्कार गुठीबाट प्रकाशित ;नेपाली; त्रैमासिक
२०६६ सालमा एउटा लेख छपाएको थिएँ ।
• देवकोटा आफ्नो निर्णयमा हिड्दैन थिए; जसले जे भन्यो उनी त्यसकै पछि लाग्थे ।
• देवकोटालाई २००४ साल साउन ३ गते काङ्ग्रेसहरूले ठूलै आश्वाशन दिलाएर बनारस पुर्याए ।
केही दिनपछि उनले त्यहाँ भिख मागेर खान थाले । उनी त्यहाँ टिक्नै नसकेर काङ्ग्रेसलाई सराप्तै
नेपाल फर्के ।
• देवकोटा २००९ साल वैशाख १ गते राजा त्रिभुवनबाट सांसद भए । त्यसपछि पनि राजा महेन्द्रले
उनलाई माननीय सांसदमा मनोनीत गरेका थिए ।
• २०१३ सालमा भारतमा सम्पन्न अफ्रोएशियाली लेखक सम्मेलनमा भाग लिने देवकोटा पहिलो
नेपाली थिए । त्यसबेला उनको केहीले अपमान गरे तापनि सबैभन्दा धेरै मान उनैको गरिएको
थियो । ;धर्मयुग;जस्तो सुप्रसिद्ध र विशिष्ट हिन्दी पत्रिकाले समेत देवकोटाको फोटो आवरणमा
राखेर जय मनाएको थियो ।

• २०१५ सालमा अफ्रोएशियाली सम्मेलन सोभियतसङ्घको तासकन्दमा भएको थियो र त्यहाँ जाने
पनि देवकोटा पहिलो नेपाली थिए । त्यसबेला उनको भाषण संसार प्रसिद्ध भयो ।
• देवकोटापछि अफ्रोएशियाली सम्मेलमा भाग लिने प्रथम नारी स्रष्टा डा.वानीरा गिरी थिइन् ।
• देवकोटाले नै नेपाली भाषालाई सर्वप्रथम अङ्ग्रेजी साहित्यका माध्यमले अन्तर्राष्ट्रिय जगतमा
पुर्याएका थिए । उनी नेपाली, अङ्ग्रेजी, नेवारी लगायत चौध भाषा बुझ्थे । उनीद्वारा नौ भाषामा
लेखिएका कविताहरू शारदामा छापिएको थियो ।
• देवकोटा २०१४ साल साउन ११ गतेदेखि ११० दिनसम्म मन्त्री भएका थिए । त्यसैबेला नेपाल
राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाएका थिए ।
• देवकोटाले मन्त्री भएका बेला उनका समकक्षी मन्त्री जनरल भूपालमानसिंह कार्कीको समेत साथ
पाएर त्रिभुवन विश्वविद्यालयका लागि कीर्तिपुरमा पाँच हजार रोपनी जग्गा अधिकरण गरेका
थिए ।
• देवकोटा मन्त्री भएका दिन उनलाई निवासबाट मन्त्रालय पुर्याउने काम शताब्दी पुरुष डा.
सत्यमोहन जोशीले गरेका थिए ।
• देवकोटा केटी प्रिय थिए । उनले केहीसँग मन जोडे र केहीसँग तन पनि जोडे । उनले सोभियत
रूस, भारतको पटना र दार्जिलिङ अनि काठमाडौंका केही केटीसँग माया साटासाट गरेका थिए ।
• देवकोटाका ८४ वटा किताप छापिए; उनका ४५ किताप छाप्न अझै बाँकी छन् ।
• देवकोटाले;मुनामदन; खण्डकाव्य ८ घन्टामा लेखेका थिए ।
• देवकोटाले १० दिनमा;सुलोचनाt; महाकाव्य लेखे । उनले भने;सुलोचना; लेख्न मलाई ६० घन्टा
लागेको थियो ।
• देवकोटाले खण्डकाव्य र काव्य ३६ वटा, महाकाव्य ६ वटा, कवितासङ्ग्रह २१ वटा र नाटक,
निबन्ध प्रबन्ध, कथा, उपन्यास, समालोचना आदि लेखे । साथै उनले केही किताप अनुवाद पनि
गरे ।
• देवकोटा एउटा खसीको टाउको खाएर एकै रातमा एउटा खण्डकाव्य लेख्न सक्थे । २००३ साल
पुस २४ गतेको कुरा हो उनले खसीको टाउको खाएर एकै रातमा तुषार वणर्न’ लेखेका थिए ।
• देवकोटाकै स्नेहले सोभियत रूसकी डा.आगानीनाले महाविद्यावारिधि गरेकी थिइँन् ।
• देवकोटाले ;उद्धेश्य के लिनु ? उडी छुनु चन्द्र एक; लेखे । त्यो लेख्ता धेरैले देवकोटा पागलै हुन्
भनेका थिए; तर उनी स्वर्गीय हुनु पाँच घण्टाअघि उनकी प्रिय स्रष्टा डा.आगानीनाकै देश अर्थात्
रूसको यानले चन्द्रमामा खुट्टा टेकेको थियो ।
• देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले
दिवङ्गत भए ।